प्रचण्ड र मोदीबीच ईपीजी रिपोर्टबारे कुरै भएन : भारतीय विदेश सचिव


काठमाडौं । नेपाल र भारतका प्रधानमन्त्रीबीच हैदरबाद हाउसमा भएको भेटमा नेपाल भारत प्रवुद्ध व्यक्ति समूहको (ईपीजी) रिपोर्टबारे कुराकानी नभएको भारतीय विदेश सचिवले बताएका छन् ।भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदबीच हैदराबाद हाउसमा वान अन वान कुराकानी भएको थियो ।

साथै प्रतिनिधिमण्डल स्तरमा पनि वार्ता भएको थियो ।त्यसपछि दुई देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गरे, जहाँ सात सहमति तथा सम्झौता आदान प्रदान भएको छ ।तर संयुक्त पत्रकार सम्मेलनमा दुबै प्रधानमन्त्रीले ईपीजीबारे बोलेनन् । भेटपछि भारतीय विदेश मन्त्रालयमा गरेको पत्रकार सम्मेलनमा सचिव विनयमोहन क्वात्रालाई ईपीजी रिपोर्टबारे कुराकानी भयो भनेर पत्रकारहरुले प्रश्न गरेका थिए ।

जवाफमा उनले आफूले थाहा पाएसम्म वान अन वान र प्रतिनिधिमण्डल स्तरको कुराकानीमा ईपीजीसँगै अग्निपथ योजनाबारे कुराकानी नभएको बताए ।

नेपाल भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) ले सहमतिमा तयार पारेको रिपोर्ट पहिले भारतीय प्रधानमन्त्रीले बुझ्ने र त्यसपछि नेपालका प्रधानमन्त्रीले बुझ्ने सहमति छ । तर भारतीय प्रधानमन्त्रीले ईपीजी प्रतिवेदन अहिलेसम्म बुझेका छैनन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..