कार्यालय प्रमुखमाथि नै १८ करोड भन्दा बढी बेरुजु

लहान । स्थानीय तहमा बेरुजु कहालीलाग्दो देखिँदो छ । सिराहाको धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद बगाले र शिव राज चौलागाईंमाथि २०७९ अनुसार १८ करोड ७० लाख २७ हजार ८४ रूपैयाँ बेरुजु रकम देखिएको छ । महालेखा परीक्षकको वार्षिक प्रतिवेदन अनुसार उनी माथि सो बेरुजु देखिएको हो ।

आर्थिक वर्ष २०७७/०७८ को प्रारम्भदेखि उनीहरु सो नगरपालिकामा कार्यरत छन् । शिव राज चौलागाईं २०७७-४-१ गते कार्यालयको जिम्मेवार सम्हालेका थिए र गोपाल प्रसाद बगाले २०७७ -१२ १८ गते कार्यालयको जिम्मेवारी सम्हालेका बगालेमाथि आव २०७७/७८ मा १८ करोड ७० लाख २६ हजार ८४ रुपैयाँ बेरुजु नाघेको हो ।

प्रतिवेदनले यो बेरुजुमा कार्यालयका लेखा प्रमुख पुरुषाेत्तम कुमार प्रसाद र प्रभु नारायण यादवलाई पनि समेटेको छ ।

कार्यकारी अधिकृत बगाले धनगढीमाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको पद सम्हालेयता नगरपालिकामा बर्सेनि बेरुजु रकम थपिँदै गएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..