जन-जीवनमा गुणस्तरीय सुधार नआएसम्म गणतन्त्रको औचित्य रहन्न : प्रधानमन्त्री प्रचण्ड

काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासका लागि सबै राजनीतिक दल र नेपाली जनताबीच एकता र सहकार्य अझ बलियो हुन जरुरी रहेको बताएका छन् ।


सोमवार सैनिक मञ्च टुँडिखेलमा आयोजित गणतन्त्र दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले लोकतन्त्रमा विभिन्न धारणा र विचार हुनु स्वाभाविक रहेको भन्दै महत्वपूर्ण राष्ट्रिय मुद्दामा सबै राजनीतिक दल र आम नेपाली जनताको समान र अविचलित धारणा हुनुपर्ने बताए । यसो भए मात्रै मुलुकलाई अघि बढाउन र राष्ट्रिय एकता जगलाई अझ बलियो बनाउन सकिने धारणा उनको थियो ।


‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासका लागि सबै राजनीतिक दल र नेपाली जनताबीच एकता र सहकार्य अझ बलियो हुन जरुरी छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘लोकतन्त्रमा विभिन्न धारणा र विचार हुनु स्वभाविक हो ।

तर महत्वपूर्ण राष्ट्रिय मुद्दामा सबै राजनीतिक दल र आम नेपाली जनताको समान र अविचलित धारणा हुनसके मात्रै मुलुकलाई अघि बढाउन र राष्ट्रिय एकता जगलाई अझ बलियो बनाउन सकिन्छ । संविधान र कानूनमा रहेका सम्पूर्ण अधिकारको प्रयोग जनताले सहज रुपमा गर्नसक्ने अवस्था नभएसम्म गणतन्त्र दिगो हुँदैन ।’


उनले संविधान र कानूनमा रहेका सम्पूर्ण अधिकारको प्रयोग जनताले सहज रुपमा गर्नसक्ने अवस्था नभएसम्म गणतन्त्र दिगो हुन नसक्ने पनि बताए । आम जनताको जीवनस्तरमा गुणस्तरीय सुधार नआएसम्म लोकतन्त्र र गणतन्त्रको औचित्य प्रमाणित नहुने भन्दै जनताको जीवनस्तरलाई यथाशीघ्र माथि उकास्ने प्रतिवद्धताका साथ कर्म क्षेत्रमा जुट्नुपर्ने खाँचो रहेको उनले बताए ।


प्रधानमन्त्री प्रचण्डले थप भने, ‘आम जनताको जीवनस्तरमा गुणस्तरीय सुधार नआएसम्म लोकतन्त्र र गणतन्त्रको औचित्य पनि प्रमाणित हुँदैन । यसलाई मनन गरी जनताको जीवनस्तरलाई यथाशीघ्र माथि उकास्ने प्रतिवद्धताकासाथ कर्म क्षेत्रमा जुट्नुपर्ने खाँचो छ । राजनीतिले जबसम्म जनताको जीवनस्तर सुधार ल्याउने काममा योगदान गर्दैन, मुलुकको राष्ट्रिय स्वाधिनतालाई संरक्षण र संवद्र्धन गर्ने काम गर्दैन, परिवर्तन अधुरो रहन्छ ।

हामी सबैले राजनीतिक परिवर्तनलाई अर्थतन्त्रको सबलीकरण र सामाजिक रुपान्तरणको सहयोगी हुने गरी काम गर्न जरुरी छ । यो बीचमा गणतन्त्रमै वितृष्णा जगाउने र संघर्षबाट प्राप्त उपलब्धिलाई उल्ट्याउने कसरत देखिएको छ । यी प्रयासहरु कदापी सफल हुने छैनन् ।

किनभने लोकतन्त्रको विकल्प अझ सुदृढ लोकतन्त्र नै हुनसक्छ ।’उनले गणतन्त्र र लोकतन्त्रप्रति वितृष्ण जगाउने काम भइरहेको भन्दै यी प्रयासहरु सफल नहुने दाबी पनि गरे । साथै, लोकतन्त्रको विकल्प अझ सुदृढ लोकतन्त्र नै हुने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..