प्रचण्डको भ्रमण अघि सीके किन पुगे भारत ? ज्ञानेन्द्र शाह भन्छन् -‘यो व्यवस्था टिक्दैन’

काठमाडौं । पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्दा अनियमितता भएको भन्दै संसदमा विषप प्रवेश गरेपछि एमालेले संसद अवरुद्ध गरेको थियो ।एमालेले जलहरी प्रकरणमा अनियमितता छानविन गरौं भन्नुको सट्टा आरोप लगाइएको भन्दै संसद बैठक नै चल्न नदिने अडान राखेपछि तीन दलका शीर्ष नेताहरुले जलहरी प्रकरणबारे संसदमा सांसद लेखनाथ दाहाल ’राजन’ले दिएको अभिव्यक्ति रेकर्डबाट हटाउने सहमतिमा पुगेर संसद बैठक सुचारु गराउने सहमति जुटाएका छन् ।


जलहरीको विषयमा प्रधानमन्त्री पुष्कपकमल दाहाल प्रचण्डले संसद्मा सम्बोधन गर्ने र सांसद दाहालको अभिव्यक्ति रेकर्डबाट हटाउने सहमति भएको हो ।
बैठकमा प्रधानमन्त्री प्रचण्डले जलहरी लगाउने विषय पशुपति क्षेत्र विकास कोषसँग सम्बन्धित रहेकाले तत्कालीन प्रधानमन्त्री केपी ओली यसमा नजोडिने स्पष्ट पारेको एमालेका सचेतक पदम गिरीको दाबी छ ।


जलहरी प्रकरणको अभिव्यक्तिमा संसदको निर्ममता
पशुपतिनाथ मन्दिरको जलहरीको विषयमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहाल ’राजन’ले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीमाथि लगाएको आरोप संसदको रेकर्डबाट हटाइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले ओलीमाथि लागेको आरोप उचित नभएको भन्दै यसलाई संसदको रेकर्डबाट हटाउने प्रचलन रहेको भन्दै त्यसलाई हटाउनुपर्ने बताएका छन् ।
सांसद दाहालले ओलीविरुद्ध बोलेको विषयलाई संसदको रेकर्डबाट हटाउन सभामुखले निर्देसन नै दिएका छन् ।
एमालेले ओलीविरुद्ध गम्भीर आरोप लागेको भन्दै संसद बैठक अवरुद्ध गरेको थियो । त्यसपछि शीर्ष नेताहरुको बैठकले दाहालको अभिव्यक्तिलाई हटाउने सहमति गरेको थियो ।
यस्तै, प्रचण्डले पशुपतिको जलहरीको विषयमा अख्तियारले अनुसन्धान गरिरहेको समेत जानकारी गराएका छन् । एमालेसामू प्रधानमन्त्री प्रचण्ड झुकेको भन्दै आलोचना सुरु भएको छ ।
रेशमलाई आममाफी र नागरिकता विधेयक प्रमाणीकरण गरौं : बाबुराम
नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले रेशम चौधरीलगायतका नेताहरूलाई संविधान बमोजिम आममाफी दिन र नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिबाट जारी गर्न किन्तुपरन्तु गर्न नहुने बताएका छन् ।
बाबुरामले सामाजिक सञ्जालमा रेशमलाई आममाफी दिन र नागरिकताविहीन रहेका जन्मसिद्ध बाबुआमाका सन्तानलाई नागरिकता दिन संसदबाट पारित नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिबाट छिटो जारी हुनुपर्ने बताएका हुन् ।
लोकतन्त्र भनेको जनतालाई न्याय र समानताको प्रत्याभूति गर्ने प्रणाली भएको दाबी गरेका उनले रेशमलाई क्रान्तिकारी योद्धा भएको दाबी गर्दै आएका छन् ।
रेशमलाई आममाफी दिनुपर्ने र जनताले उनलाई पहिले नै निर्दोष सावित गरिसकेको दाबी गर्ने गरेका बाबुराम रेशमको रिहाईको माग निरन्तर गर्दै आएका छन् ।
शुक्रबारको मन्त्रिपरिषद् बैठकले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको थियो ।
रेशमको आममाफीको फाइल राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा कानून बमोजिम गर्न भन्दै फिर्ता पठाइसकेको छ ।
झलनाथ : घण्टी अराजकताको संकेत, पूर्वराजालाई चेतावनी
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान बिथोलिए देशभर आन्दोलन हुने चेतावनी दिएका छन् ।
यस्तै, उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै घण्टी अराजकताको संकेत भएको टिप्पणी गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नक्कली भूटानी शरणार्थीको केस लज्जास्पद विषय भएको बताए ।
उनले यसले देशको अस्मिता लुटिएको बताए । पूर्वप्रधानमन्त्री खनालले अनुसन्धानलाई अन्तिमसम्म लैजान आग्रह गरे ।


उनले अनुसन्धानलाई कुनै बहानामा रोक्ने प्रयास भए जनताले सहन नसक्ने बताए । यस्तै उनले गणतन्त्र आएको १५ वर्षका उपलब्धिहरूको समीक्षा हुन जरुरी रहेको बताए ।
उपलब्धिको समीक्षा गरेर अघि नबढ्ने हो भने देशमा अराजकता आउने बताए । पूर्वराजा ज्ञानेन्द्र शाहलाई मन्दिरमा पूजा गरेर राजतन्त्र फर्किने सपना नदेख्न चेतावनी समेत दिए ।


प्रधानमन्त्रीको भ्रमण अघि सीके किन पुगे भारत ?
प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’को औैपचारिक भारत भ्रमणको मिति सार्वजनिक भएकै दिन जनमत पार्टीका अध्यक्ष सीके राउत भारत पुगेका छन् । नयाँ दिल्ली पुगेका सीकेले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डाक्टर विजय चौथाईवालेसँग भेटवार्ता गरेका छन् । यता, आफ्ना पार्टीका दुई सांसदलाई कारबाही गर्ने निर्णय गराएका सीके भारत किन पुगे भन्ने खुलेको छैन् ।


समानुपातिक सांसद सोनु मुर्मर र बिनिता सिंहलाई कारबाहीका लागि सिफारिस गरिएको छ । तर, सरकारबाट आफ्ना मन्त्रीलाई फिर्ता बोलाएका उनले बजेट अधिवेशनपछि सरकारलाई दिएको समर्थनबारे निर्णय गर्ने बताउदै आएका छन् । यद्यपी उनले समर्थन फिर्ता लिने भन्दै विभिन्न दल र नेताहरुसँग भेटवार्ता गरिरहेको बताइन्छ ।


उनले राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी लगायएतसँग भेटवार्ता बाक्लो पारिरहेको बेला एकाएक भारत पुगेपछि विभिन्न आशंका उत्पन्न हुन थालेको छ ।
पूर्वराजाको दाबी : यो व्यवस्था बिकाउ भयो टिकाउ हुन्न
पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्ला दुई दशकमा अभ्यास हुँदै आएको लोकतान्त्रिक व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै अहिले धेरै कुरा थोरै काम भएको बताए । पूर्वराजा शाहले जनताले सोचेको र खोजेको जस्तो नहुँदा त्यस्तो पद्धति केही समयका लागि बिकाऊ मात्र हुने टिकाउ नहुने बताए ।


गणतन्त्रबारे असन्तुष्टी पोखेका उनले यो व्यवस्था बिकाउ भएपनि टिकाउन नहुने टिप्पणी गरेर फेरि राजतन्त्रको विकल्प नभएको संकेत गरेका छन् ।


धर्म, कर्म, रीतिथिति, संस्कृति र परम्परा नै प्रिय रहेको बताएका शाहले मौलिकता र मौलिक सभ्यता पहिचान भएको तर्क राखेका छन । उनले कसैको अगाडी लम्पसार पर्नु अपमान रहेको भन्दै देशअब कस्तो विधि र व्यवस्था अङ्गाल्ने भन्ने बेला आएको बताउँदै कसरी देशलाई फाइदा हुन्छ त्यसतर्फ सोच्नुपर्नेमा जोड दिएका छन् ।


यस्तै, उनले मुलुकको राज्य व्यवस्थालाई जुन शब्दले सम्बोधन गरे पनि देश, जनता, समाज, समुदाय र समूहको सर्वोत्तम सेवा र सम्मान गर्नु नै रहेको बताए । लोकतन्त्र, जनतन्त्र, गणतन्त्र, समाजवाद, जनवाद, विज्ञानवाद, वैज्ञानिक वाद, भौतिकवाद आदि जे जे शब्द भने पनि मूल कुरा देश, जनता, समाज, समुदाय र समूहको सर्वोत्तम सेवा र सम्मान हुने उनको जोड छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..