आईजिपीलाई बदनाम गर्न बिचौलिया देखि केही प्रहरी सकृय

लो प्रोफाइल’ मा रहेर काम गर्न रुचाउने कुँवर आईजीपी भएपछि पहिलो विदेश भ्रमण अमेरिका तय भएको थियो । तर अनुसन्धान कै लागि भन्दै उनले आफैं गृहमन्त्रीलाई भनेर भ्रमण रद्द गरे ।

काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै करोडौं असूली गरिएको प्रकरणमा नेपाल प्रहरीका आईजीपी वसन्तबहादुर कुँवरलाई जोडेर मुद्धा कमजोर बनाउने र आफ्नो स्वार्थसिद्ध गर्नका लागि केही प्रहरी र बिचौलिया लागि परेको छ ।

कुँवरको गिरोहका मुख्य सदस्य केशव दुलाल र सानु भण्डारीसँग सम्पर्क र भेटघाट भएको देखाउन खोज्ने, यो काण्डमा आईजीपीलाई मुछेर राजिनामा गर्न बाध्य गराउने र आफु आईजीपी हुने उत्कट चाहना पूर्ति गर्ने खेल भएको बताईन्छ।

हाल अनुसन्धानका लागि दुलाल र पाण्डे दुवै प्रहरी हिरासतमा छन् । अनुसन्धानको लागि उनीहरुको फोन पनि प्रहरीसंगै छ । त्यसो हुँदा प्रश्न उठ्छ, अनुसन्धानमा रहेको फोनको विवरण कसले बाहिर ल्याउन सक्छ ? यसको सहज उत्तर छ, प्रहरीले नै ।

प्रहरीले अनुसन्धानका क्रममा दुलालको मोबाइलबाट तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसँग भएको भाइबर च्याटको विवरण फेला पारेको थियो । जसका विवरण प्रहरी कै सिनियर हाकिमको स्वार्थमा बाहिरिएको बताईन्छ। सो च्याटमा कुँवर आफैंले भने कतै बोलेका छैनन् ।

प्रहरी कै उच्च स्रोत अनुसार यो समाचार प्रायोजित छ, उक्त स्रोत भन्छ, ‘बाहिर आएको म्यासेजमा शरणार्थी प्रकरणका नाइके मध्येका एक केशव दुलाल र तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको भाइबर म्यासेज छ, जहाँ हालका आईजीपी कुँवरबारे संवाद गरिएको छ तर कुँवर स्वयमले म्यासेज गरेका छैनन्।’ उनि भन्छन यो त सरासर प्रहरी भित्र कोतपर्व निम्त्याउने खेल हो ।

यसको प्रष्ट संकेत एमाले नेता महेश बस्नेतले पनि गरेका छन् । सामाजिक संजाल फेसबुकमा लेख्दै उनले भनेका छन्, ‘गृहमन्त्रीसँग समेत भएको भेटमा वर्तमान आइजीपीलाई पनि यही केसमा फसाएर भएपनि उनलाई फेर्ने योजना बनेको छ।’

आफ्नो फौजलाई यो प्रकरणमा निर्धक्क अनुसन्धान गर्न निर्देशन दिएका कुँवरलाई समेत डामेपछि मुद्धा कमजोर बनाउन सकिने गिरोहको आंकलन देखिन्छ ।

लो प्रोफाइल’ मा रहेर काम गर्न रुचाउने कुँवर आईजीपी भएपछि पहिलो विदेश भ्रमण अमेरिका तय भएको थियो । तर अनुसन्धान कै लागि भन्दै उनले आफैं गृहमन्त्रीलाई भनेर भ्रमण रद्द गरे ।

कुँवर उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख हुँदा नै ठगी प्रकरणबारे पीडितको उजुरी परेको थियो ।

कुँवर आईजीपी हुनासाथ् प्रधानमन्त्री र गृहमन्त्रीको समर्थन पाएपछि उनले अनुसन्धान अघि बढाए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोकका ४२ वर्षीय काले वाङगेल भन्ने निमा लामा पुस ३ गते पक्राउ परे । जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१..