नक्कली शरणार्थी प्रकरण : हज समितिका अध्यक्ष मियाँ पक्राउ

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा गिरोहलाई गृह मन्त्रालयको गाडी दुरुपयोग गर्न दिएको आरोपमा नेपाल हज समितिका अध्यक्ष शमशेर मिया पक्राउ परेका छन् ।गृह मन्त्रालयले समितिलाई दिएको गाडी गिरोहले पैसा उठाउन र ओसारपसार गर्न प्रयोग गरेको प्रहरीले पुष्टि गरेको छ ।

उक्त गाडी कसरी दुरुपयोग भयो भनी अनुसन्धान गर्न मियाँलाई पनि पक्राउ गरिएको हो । उक्त ठगी प्रकरणमा मियाको पनि संलग्नता देखिएपछि पक्राउ गरिएको प्रहरीले स्रोतले जनाएको छ ।


गृह मन्त्रालयको स्वामित्वमा रहेको बि.ए.बी–१४०५ नम्बरको सरकारी गाडी प्रहरीले बरामद गरेको छ । उक्त गाडी हज समितिलाई उपलब्ध गराइएको थियो । तर नक्कली शरणार्थी बनाउँदै पैसा उठाउने गिरोहले बायोमेट्रिक गराउन र अन्तर्वार्ता लिन तथा पैसा ओसारपसार गर्न समेत उक्त गाडी प्रयोग गर्ने गरेको खुलेको हो ।

प्रहरीका अनुसार उक्त गाडी चितवनसम्म पुगेको थियो । गाडीको नम्बरप्लेट पटकपटक फेर्ने गरेको समेत पाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

काठमाडौं । राजनीतिक नेतृत्वहरू कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ । ऐन–कानुन संशोधन गरेर बलियो नीति बनाउनुपर्छ भन्नुहुन्छ, तर व्यवहारमा त्यो देखिन्न  निवर्तमान प्रहरी महानिरीक्षक..