यस कारण ११ जना यादव थरकै शिक्षक छनौट भयो

लहान । सिरहाको नवराजपुर गाउँपालिका कार्यालयले जारी गरेको एउटा सूचना सामाजिक सञ्जालमा भाइरल छ। यो सूचना वैशाख २९ गते गाउँपालिकाको स्वयंसेवक शिक्षक छनोट समितिका संयोजक देवनाथ यादवले जारी गरेका हुन्।

सूचनामा २०७९ चैत २० गते शनिबार दिउँसो ३ बजेदेखि विज्ञापन नं २०/२०७९/८० स्वयंसेवक शिक्षक आधारभूत तह (१-५)का लागि लिइएको परीक्षाको नतीजा सार्वजनिक गरिएको छ। परीक्षामा सफल भएका ११ जना उम्मेदवार सबै यादव थरका छन्।

उनीहरूलाई नवराजपुर-३, जगतपुरस्थित रमेश महतो स्मृति जमावि, फुलबरियामा हुने अन्तर्वार्तामा सहभागी हुन सूचित गरिएको छ। यसमा सबै यादव समुदायको भएपछि सामाजिक सञ्जालमा भाइरल बनेको हो।

कसरी सबै यादव थरका छनोट भए?

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजकिशोर साहका अनुसार स्वयंसेवक शिक्षक भर्ना सम्बन्धी कार्यविधि अनुसार सार्वजनिक सूचना मार्फत करारमा नियुक्त गर्ने गरी १७ जना स्वयंसेवक शिक्षक माग गरिएको थियो। जसमा ६२ जनाले आवेदन दिएका थिए।

पहिलो चरणको ‘अब्जेक्टिभ’ परीक्षामा ५३ जना सहभागी भए। उनीहरूमध्ये ४५ जना यादव थरका थिए।

परीक्षामा सहभागीमध्ये १५ जना मात्रै उत्तीर्ण भए। त्यसमा पनि १४ जना यादव थरका थिए। दोस्राेपटक विषयगत परीक्षा गर्दा ११ जना उतीर्ण भएका छन्।

नवराजपुर यादव समुदायको बाहुल्य भएको क्षेत्र हो। २०७९ वैशाख ३० गतेको निर्वाचनबाट गाउँपालिकामा २७ जना जनप्रतिनिधि निर्वाचित भएका छन्। अध्यक्ष, उपाध्यक्ष, पाँच वटै वडाका वडाध्यक्ष यादव छन्।

वडा सदस्यतर्फ पनि यादव थरकै बाहुल्य छ। १० जना वडा सदस्यमध्ये ६ जना यादव थरकै छन्। पाँच जना महिला वडा सदस्यमध्ये दुई जना यादव थरकै हुन् ।

“पहिलो कारण नवराजपुर यादव बाहुल्य भएको क्षेत्र हो। दोस्रो कारण फारम भर्ने अधिकांश यादव समुदायकै थिए,” प्रमुख प्रशासकीय अधिकृत साह भन्छन्, “आफ्नै जातको मान्छेलाई पास गरेको भनेर सोचेको हुन सक्छ, वास्तविकता त्यस्तो होइन।”

छनोट परीक्षा जिल्ला शिक्षा समन्वय एकाइ, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायसँगको समन्वयमा सञ्चालन गरिएको उनको भनाइ छ। “विज्ञ टोलीले ‘अन द स्पट’ प्रश्नपत्र बनाउने, परीक्षा लिने र कपी जाँच गरेर नतीजा निकालेर दिने गर्छन्,” साह भन्छन्, “कोड नम्बरको आधारमा परीक्षा सञ्चालन हुने हुँदा उनीहरूले विद्यार्थी चिनेका पनि हुँदैनन्। छनोट समितिमा मात्रै कर्मचारी छौं।”

गाउँपालिका अध्यक्ष शिवउद्दार यादव छनोट समितिले लोक सेवा आयोगले जसरी नै परीक्षा लिएर छनोटको प्रक्रिया अघि बढाएकाले शङ्का गर्नुपर्ने ठाउँ नभएको बताउँछन्। “छनोट समितिलाई अधिकार दिइएको छ। लोक सेवा आयोगमा जस्तै ‘मेरिट’ का आधारमा छनोट हुन्छ। यसमा जातिवाद, नातावाद र कृपावाद चल्दैन,” उनी भन्छन्।

समग्र शिक्षा क्षेत्रमै सुधारका लागि काम गरिरहेकाले कुनै समुदायविशेषका मान्छे मात्रै छनोट गरेको भनेर सोच्न नहुने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोकका ४२ वर्षीय काले वाङगेल भन्ने निमा लामा पुस ३ गते पक्राउ परे । जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१..