यतीका कार्यकारी अध्यक्ष शेर्पाले गरे सगरमाथा आरोहण


काठमाडौं। यती वर्ल्डका कार्यकारी अध्यक्ष ल्हाक्पा सोनाम शेर्पाले बुधबार विहान सगरमाथा आरोहण गरेका छन्। विहान ७:३३ बजे सफल आरोहण गरेका उनी सात महादेशका अग्ला चुचुरो आरोहण गर्ने मुलुककै पहिलो नेपाली बनेका छन्।सगरमाथासँगै उनले विश्वका सातैवटा अग्ला शिखर आरोहण गरेका छन्।

५८ वर्षीय शेर्पाले गत वर्ष दक्षिण अमेरिकाको उच्च शिखर अकोन्कागुआ आरोहण गरेका थिए।विश्वका सात महादेशमा सगरमाथा, अकोन्कागुआ, डेनली, किलीमान्जरो, एलब्रस, माउन्ट विलहेल्म लगायत सात हिमाल उच्च शिखरको रुपमा मानिँदै आएको छ।


सगरमाथासँगै उनले विश्वका सातैवटा अग्ला शिखर आरोहण गरेका छन्।शेर्पा अध्यक्ष रहेको यती वर्ल्डअन्तर्गत यती एयरलाइन्स, तारा एयर, यती होलिडेज, हिमालय एयरलाइन्स, यती ट्राभल, कोरा ट्राभल, थामसेर्कु ट्रेकिङ, यती इन्सेन्टिभ ट्राभल, यती एडभेन्चर, यती माउन्टेन होम, गोकर्ण फरेष्ट रिसोर्ट, कसरा चितवन लगायत उड्डयन र पर्यटनसँग सम्बद्ध विभिन्न कम्पनी सञ्चालित छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..