ज्यान जाने गरी भएको आगलागी घटनामा संलग्न ४ जना पक्राउ

काठमाडौं । अर्घाखाँचीको भूमिकास्थानमा चार जनाको ज्यान जाने गरी भएको आगलागीको घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ।


गत वैशाख २६ गते भूमिकास्थान नगरपालिका वडा नम्बर २ स्थित तिरतिरे जंगलमा लगाइएको डढेलो घरमा सल्किन पुग्दा जलेर चार जनाको ज्यान गएको थियो। आगलागीमा परी गम्भीर घाइते भएका भूमिकास्थान २ बेल्बासे टोलका ७२ वर्षीय पिताम्बर बेल्बासे, ३६ वर्षीय माधव बेल्बासे, ५२ वर्षीय घनश्याम बेल्बासे र ५५ वर्षीय पदमप्रसाद बेल्बासेको उपचारको क्रममा वैशाख २७ गते मृत्य भएको हो।


घटनामा परी घाइते भएकी २६ वर्षीया अस्मिता बेल्बासे उपचारपछि घरमा आराम गरिरहेकी छन्।
वनमा आगो लगाएको आरोपमा प्रहरीले भूमिकास्थान नगरपालिका वडा नम्बर २ का ३६ वर्षीय दिनेश थापा, १८ वर्षीय दिपक विक, ७० वर्षीय देवीराम बेल्बासे र ३६ वर्षीय धर्मराज बेल्बासेलाई पक्राउ गरेको छ।


उनीहरूलाई वैशाख ३१ गते पक्राउ गरी मंगलबार सार्वजनिक गरिएको हो।पक्राउ परेका चारै जनामाथि पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरिक्षक कृष्ण प्रसाद घिमिरेले जानकारी दिए।


मुलुकी अपराध संहिता २०७४ मा कसैको ज्यान मर्न सक्छ जस्तो नदेखिएको अवस्थामा कसैले कुनै काम गर्दा भवितव्यमा परी कसैको ज्यान गएमा ६ महिनादेखि दुई वर्षसम्म कैद वा बीस हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।

घटना विवरणअनुसार वैशाख २६ गते बिहान घाँस काट्न गएका उनीहरूले जंगल क्षेत्रमा आगो लगाएका थिए। सोही आगो फैलिदै बेल्बासे टोलका घर, गोठ तथा परालका टौवामा सल्किएको प्रहरीले जनाएको छ।


जंगली जनावरले सताएर आगो लगाएको उनीहरूले स्वीकार गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

काठमाडौं । राजनीतिक नेतृत्वहरू कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ । ऐन–कानुन संशोधन गरेर बलियो नीति बनाउनुपर्छ भन्नुहुन्छ, तर व्यवहारमा त्यो देखिन्न  निवर्तमान प्रहरी महानिरीक्षक..