काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने गिरोहमा नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य आरजु राणा देउवाको नाम जोडेको भन्दै भातृ संगठन तरुण दलले आपत्ति जनाएको छ । तरूण दलका अध्यक्ष विद्वान गुरुङले आज विज्ञप्ति जारी गर्दै चरित्र हत्या गर्ने अनर्गल कुराहरु प्रति ध्यानाकार्षण भएको बताएका हुन् ।
‘नेपाली काँग्रेसको केन्द्रीय सदस्य माननीय सांसद डा. आरजु राणा देउवाको विभिन्न सञ्चार माध्यममा विदेश भागेको र व्यक्तिगत चरित्र हत्या गर्ने खालको अनर्गल कुराहरु प्रति नेपाल तरुण दल केन्द्रीय समितिको गम्भीर ध्यानाकर्षण भएको छ,’– विज्ञप्तिमा भनिएको छ । भुटानी शरणार्थी काण्ड प्रहरी अनुसन्धानमै रहेको र कुनै ठोस प्रमाणबिना आरजुप्रति लाञ्छना लगाउनु गम्भीर अपराध भएको .तरुण दलको ठम्याईँ छ ।


साथै अनुसन्धानलाई यथाशीघ्र टुंगोमा पुऱ्याउन नेपाल सरकार, गृह मन्त्रालय र नेपाल प्रहरीलाई तरुण दलले आग्रह गरेको छ ।
