बरियारपट्टीमा ब्रम्हलूट : रितपूर्वक कर विजक पेश नगरी लाखाैँ निकासा,अख्तियार मैन किन?


लहान । सिरहाकाे बरियारपट्टी गाउँपालिकामा मु.अ.क. कर विजक पेश नगरी लाखाैँ रकम निकासा गरिएकाे भेटिएकाे छ । आर्थिक बर्ष २०७५/२०७६ मा कर विजक पेश नगरी लाखाैँ रूपैयाँ निकासा गरेकाे पाईएकाे हाे ।

महालेखापरीक्षककाे कार्यालयले सार्वजानिक खरीद नियमावली २०६४ काे नियम ९७ ( ४ ) बमाेजिम सार्वजानिक निकायले उपभाेक्ता समितीबाट काम गराउने प्रायाेजनका लागि लागत अनुमान तयार गर्दा १५ प्रतिशत ओभरहेड र मुल्यअभिबृद्वी कर समाबेश नगरी तयार गर्नुपर्नेब्यवस्था रहेकाे छ । सार्वजानिक लागत अनुमान तयार गर्दा मु.अ. कर लाग्ने निर्माण सामाग्रीकाे हकमा मुअ कर समेत समाबेश गरेकाे छ ।

त्यस कारण महालेखापरीक्षककाे कार्यालयले मुअ कर भुक्तानि गर्न नमिल्ने १ लाख ११ हजार २ सय ७२ फिर्ता गर्न भनेकाे छ ।

त्यस्तै , मुअ कर नियमावली २०५३ काे नियम १७ ( १ ) अनुसार मुल्यअभिबृद्वी करमा दर्ता भएकाे ब्यक्तीले कुनै बस्तु या सेवाकाे आपुर्ती गर्दा कर अधिकृतले अन्यथा स्वीकृत गरेदेखी बाहेक प्रापकलाई अनुसुची ५ बमाेजिम ढाँचामा कर विजक जारी गर्नुपर्ने ब्वस्था भए पनि यश गाउँपालिकाले करविजकमा हातले नम्बर राखेर , केरमेट गरेकाे करविजकका आधारमा ७ लाख ५४ हजार ५ सय ६२ रूपैयाँ भुक्तानि गरेकाले साे रकम फिर्ता गर्न महालेखाले ताकेता गरेकाे छ ।

यसबारे अख्तियारमा उजुरी परेपनि कार्वाही अघि नबढेकाे स्थानियले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राष्ट्र र नागरिकलाई शीरमा राखि असल आचरणका साथ काम गर्न डिआईजी चतुर्वेदीको निर्देशन

राष्ट्र र नागरिकलाई शीरमा राखि असल आचरणका साथ काम गर्न डिआईजी चतुर्वेदीको निर्देशन

लहान । मधेस प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डिआईजी) उमाप्रसाद चतुर्वेदीले राष्ट्र र नागरिकलाई सर्वोपरि राखी उच्च व्यावसायिक निष्ठाका साथ कर्तव्य निर्वाह गर्न..