बरियारपट्टि गापमा ब्रम्हलुट ३ : सशस्त्र प्रहरीलाई ईन्धन खर्च अढाई लाख , होली मनाउन दुई लाख

लहान । सिरहाको बरियारपट्टि गाउँपालिकामा भएका अनियमितताको धमाधम पर्दाफास हुनथालेको छ । यसै क्रममा यस गाउँपालिकाबाट सशस्त्र प्रहरीलाई ईन्धन खर्च शिर्षकमा २ लाख ५० हजार भुक्तानी भएको पाईएको छ भने दीपेन्द्रप्रसाद यादवको नाममा होली खर्च शिर्षकमा २ लाख रुपैयाँ निकास भएको देखिएको छ ।

महालेखापरीक्षक कार्यालयका अनुसार आर्थिक बर्ष २०७७ । २०७८ मा यस गाउँपालिकाले सशस्त्र प्रहरी बल नं. ७ हेड क्वाटर सिरहालाई ईन्धन खर्च शिर्षकमा २ लाख ५० हजार रुपैयाँ दिएको देखिएको छ । त्यस्तै होली खर्च शिर्षकमा दीपेन्द्रप्रसाद यादव नाम गरेका ब्यक्तिलाई २ लाख रुपैयाँ दिएको पाईएको छ ।

स्थानिय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परीधिभित्र रही औचित्यताको आधारमा विविध खर्च गर्नुपर्ने ब्यवस्था छ । वितरणमुखी खर्चमा रोक लगाईएको छ ।

तर वरियारपट्टि गाउँपालिकाले वितरणमुखी खर्चमा मितव्यायिता नअपनाई ब्यक्तिका नाममा २ लाख र शिव मन्दिरमा धार्मिक कार्यक्रमका लागि शिव मन्दिर समितीलाई ९५ हजार ५ सय ९५ रुपैयाँ दिएको पाईएको छ , जुन ऐनसंगत नभएको भन्दै महालेखापरीक्षकको कार्यालयले गाउँपालिकालाई ध्यानाकर्षण गराएको छ ।

त्यस्तै २०७७ । १० । २२ मा रामानन्द जयन्ती मनाउन राजबंशि यादव नाम गरेको ब्यक्तिलाई गाउँपालिकाले १ लाख रुपैयाँ निकास गरेको देखिन्छ । स्थानिय सरकार सञ्चालन ऐन २०७४ मा स्थानिय तहको रकमबाट आर्थिक साहयता , चन्दा , पुरस्कार एवं सँस्थागत अनुदान वितरण गर्न पाउने ब्यवस्था छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..