सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु अनुचित – अध्यक्ष यादव

लहान । सिराहाकाे सखुवानान्कारकट्टि गाउँपालिका अध्यक्ष केदार नाथ यादवले सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु अनुचित भएकाे बताएका छन्।

सुरक्षा खबरसँग कुराकानी गर्दै अध्यक्ष यादवले आफ्नाे पालिकामा आएकाे अनुदान संघ र प्रदेश सरकारले ७० प्रतिशत कटाैती गरेकाे बताएका हुन्।

‘संघीय सरकारले ५० र प्रदेश सरकारले २० प्रतिशत गरी ७० प्रतिशत अनुदान कटाैती गरिएकाे छ’, कुराकानीका क्रममा अध्यक्ष यादवले भने, ‘याे त अनुचित भयाे।’

अनुदान कटाैती गर्दा किसानहरूलाई मार्का पर्ने बताउँदै यादवले भने, ‘यसले कृषि उत्पादनमा पनि ह्रास आउँछ।’ यसरी अनुदान कटाैती गर्दा विकास निर्माण पनि प्रभावित हुने उनकाे तर्क थियाे।

शिक्षा, स्वास्थय, विकास निर्माण र कृषि क्षेत्रलगायत सखुवानान्कारकट्टि काे समग्र विकासका लागि आफू प्रतिबद्व रहेकाे अध्यक्ष यादवकाे भनाई थियाे।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..