लहान । सिरहामा ट्राफिक प्रहरीले चेकजाँच र कार्वाहीलाई आक्रमक बनाएकाे छ । गएकाे चैत महिनामा मात्रै ट्राफिक प्रहरीले सिरहामा सवारी नियम पालना नगर्ने ३हजार ६ सय ३६ ओटा सवारी साधनलाई कार्वाही गरेकाे छ ।
लहानस्थित जिल्ला ट्राफिक कार्यालय सिरहाका अनुसार लहानमा मात्रै ५८ ओटा ट्रक र ट्रयाकंर कारवाहीमा परे । त्यस्तै सदरमुकाम सिरहामा १४ , बन्दिपुरमा ३ सय ३१ , मिर्चैयामा १ सय १७ , चाेहाेर्वामा ५९ , गाेलबजारमा १ सय ७३ , धनगडीमा १सय ५१ र बिष्णुपुरमा १५ गरि गएकाे चैत महिनामा जम्मा ९ सय १८ ट्रक/ ट्रयाकंर ट्राफिक कार्वाहीमा परेका थिए ।
त्यस्तै ३ सय ४१ अाेटा बस/मिनि बस ट्राफिक कारवाहीमा परेका छन् । लहानमा ३३ , सिरहामा ५ , बन्दिपुरमा ५९ , मिर्चैयामा ६६ , चाेहर्वामा ३७ , गाेलबजारमा ८६ , धनगडीमा ३३ र बिष्णुपुरमा २२ अाेटा बस/ मिनिबस ट्राफिक प्रहरीकाे कार्वाहीमा परेका छन् ।
यता यस महिना ट्राफिक प्रहरीकाे कारवाहीमा पर्ने कार/जिप र भ्यानकाे सँख्या पनि मनग्ये छ । लहानमा ४२ , सिरहामा १८ , बन्दिपुरमा १ सय २ , मिर्चैयामा ९७ , चाेहर्वामा ५५ , गाेलबजारमा १ सय , धनगडीमा १ सय ३ र बिष्णुपुरमा ३४ ओटा गरी ५ सय ५१ ओटा साना चार चक्के सवारी साधन कार्वाहीमा परेका छन् ।
चैत महिनामा २ सय ५ अाेटा ट्रयाक्टर ट्राफिक कारवाहीमा परे भने १सय ३ अाेटा टेम्पाे लगायतका तीन पाङ्ग्रे सवारी साधन पनि कारवाहीमा परेकाे जिल्ला ट्राफिक कार्यालय सिरहाले जनाएकाे छ ।
चैत महिनामा ट्राफिक कार्वाहीमा पर्ने माेटर साईकलकाे सँख्या बढी छ । लहानमा १ सय १ , सिरहामा २ सय ६२ , बन्दिपुरमा १ सय ४८ , मिर्चैयामा १ सय ९९ , चाेहर्वामा १ सय २९ , गाेलबजारमा ६९ , धनगडीमा १ सय ४३ , बिष्णुपुरमा १ सय ४३ , शुखिपुरमा १ सय ६३ र ठाडीमा १ सय ६१ गरि १५ सय १८ ओटा माेटर साईकल ट्राफिक कार्वाहीमा परेका छन् ।
गएकाे चैत महिनाकाे ट्राफिक कार्वाहीबारे जानकारी दिदै जिल्ला ट्राफिक कार्यालय , सिरहाका प्रमुख ट्राफिक प्रहरी निरिक्षक मिनबहादुर बस्नेतले भने – ” चैत महिनामा सवारी साधन कार्वाहीबाट हामीले २३ लाख ५९ हजार रूपैयाँ राजश्व संकलन गरेका छाैँ । “


