नेपालका उद्योग धान्न विदेशबाट कामदार झिकाउनपर्ने बाध्यता


काठमाडौं । नेपालमा दिनप्रतिदिन बेरोजगार मानिसहरुको संख्या बढ्दो छ । सरकारले वर्सेनि ठूलो संख्यामा आउने नयाँ युवा जनशक्तिको उपयोग मुलुक भित्र गर्न नसकेर वैदेशिक रोजगारीमा पठाउने गरेको छ । तर, नेपालका निजी औद्योगिक क्षेत्रमा भने वर्सेनि ठुलो संख्यामा दक्ष जनशक्ति विदेशबाट ल्याउनुपर्ने बाध्यता रहेको छ ।


यसले नेपालमा एकातिर दक्ष जनशक्तिको अभाव छ भने अर्कातिर भएको जनशक्तिको सहि उपयोग हुन सकिरहेको छैन । त्यसैले अहिले मुलु्कमा रोजगारीको अभाव कि सीपको ? भन्ने प्रश्न उब्जिएको छ ।


नेपालमा वर्सेनि पाँच लाखको हाराहारीमा नयाँ युवा जनशक्ति श्रम बजारमा आउने गरेको छ । सरकारले मुलुकभित्र उक्त जनशक्तिलाई रोजगारी दिन नसक्दा विदेशीन बाध्य छ । तर नेपालकै उद्योगहरुमा भने कामदारको अभाव भइ नै रहेको छ ।


नेपालका औद्योगिक क्षेत्रमा काम गर्ने दक्ष कामदारको अभाव हुँदा महंगो श्रम तिरेर विदेशी विदेशी कामदार ल्याउनृु परेको ग्रील स्टील व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले बताए ।


नेपालभर ग्रिल उद्योग मात्र ११ हजार छ । ती मध्ये काठमाडौँ भित्र ४२ सयवटा छ । तर यी उद्योगहरुमा दक्ष जनशक्तिको अभाव हुँदा ठुलो संख्यामा विदेशी कामदार ल्याउनु परेको कटुवालले बताए ।


त्यसैले निजी क्षेत्रलाई सरकारले नीतिगत रुपमा आवस्यक सहजीकरण गर्दै रोजगारका सम्भावनाहरु लाई उजागर गर्नुपर्ने कटुवाल बताउँछन् ।


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा प्रत्येक वर्ष करिब पाँच लाख नयाँ जनशक्ति उत्पादन हुने गरेको भएपनि भारत, पाकिस्तान, भुटान लागायतका मुलुकबाट दक्ष जनशक्ति ल्याउनुपर्ने बाध्यता रहेको बताए ।


नेपालमा भएको ठुलो युवा जनशक्तिमा सिप नहुँदा बेरोजगार हुन परेको र वैदेशीक रोजगारमा गएका कामदारहरुको पनि उचित सिप नहुदा न्युन पारिश्रमिकमा काम गर्न परेको उनले बताए ।


निजी क्षेत्रले मुलुकको कुल आम्दानीको ८० प्रतिशतमा योगदान पुर्याएको भन्दै सरकारले निजी क्षेत्रसँग हातेमालो गरेर अघि बढ्नु पर्ने व्यवसायीहरुको दाबी छ ।


अहिले देखिएको उच्च ब्याजदर वृद्धि, उद्योग व्यवसाय गर्दा हुने सरकारी नितिगत झमेला जस्ता समस्याहरुलाई सरकारले तत्काल समाधान गरी व्यवसायीक वातावरण तयार गरी अघि बढ्नुपर्ने उद्योगीहरुको भनाई छ ।


सरकारले निजी क्षेत्रलाई औद्योगिक विस्तार गर्नमा प्रोत्साहन गर्दै मुलुक भित्र भएको युवा जनशक्तिलाई सिपमा दक्ष बनाउन सके अहिले देखिएको बेरोजगार समस्या समाधान हुने छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..