ड्राइभिङ लाइसेन्स अब १० वर्षमा नवीकरण, पाँच वर्षे अवधि खारेज हुँदै

काठमाडौं । हरेक पाँच वर्षमा नवीकरण हुँदै आएको चालक अनुमति पत्र (लाइसेन्स) अब १० वर्षमा नवीकरण हुने कानुनी प्रक्रिया अघि बढेको छ ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पाँच वर्षको अवधि छिटो र झन्झटिलो पनि हुने भएकाले लाइसेन्स नवीकरण १० वर्षमा गर्ने कानुनी प्रक्रिया अघि बढाएको जानकारी दिएका हुन् ।


उनले भने, ‘पाँच वर्षमा लाइसेन्स नवीकरण गर्ने काम छिटो र झन्झटिलो पनि हुने भएकाले १० वर्षमा नवीकरण गर्ने कानुनी प्रक्रिया अघि बढाएका छौँ । अबचाहिँ पाँच वर्षमा होइन १० वर्षमा नवीकरण गर्ने । त्यसो भयो भनेचाहिँ नयाँ स्मार्ट कार्ड छाप्नका लागि लोड वा प्रेसर पनि घट्ने छ ।’यस्तै, विगतदेखि पेचिलो बन्दै आएको एम्बोइस्ड नम्बर प्लेटको सन्दर्भमा नेपाली वा नेपाली–अंग्रेजी जुनसुकै भाषा प्रयोग गर्न सकिने पनि उनले बताए ।


उनले भने, ‘एम्बोइस्ड नम्बर प्लेटको सन्दर्भमा नेपाली, नेपाली–अंग्रेजी वा अंग्रेजी तीनै भाषामा छाप्न मिल्न गरी लेख्न सकिनेछ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..