मुलुकको हितका लागि सँधै आवाज उठाउँछु : उपेन्द्र यादव

बारा । बारा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित सांसद् तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफूले मुलुकको हितका लागि सँधै आवाज उठाउने बताएका छन् ।

यादव आफ्ना निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहालाई ५ हजार ८१ मतान्तरले पछि पार्दै निर्वाचित भएका छन् । निर्वाचित भएको प्रमाणपत्र बुझेपछि यादवले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सो कुरा बताएका हुन् ।

यादवले मतदाता र गठबन्धन दलका नेताहरुलाई धन्यवाद पनि दिए । उनले मधेसी समुदायभित्र जात जातमा लडाइँ र जातीय विद्रोह फैलाउने र बीस घोल्नेहरु परास्त भएको टिप्पणी गरे ।


बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा अनुसार सुरक्षा समितिको प्रमुखको हैसियतले यस क्षेत्रमा शान्तिपूर्ण निर्वाचन र मतगणना गराएकोमा खुसी व्यक्त गरेका छन् ।प्र्रतिनिधिसभा सदस्य निर्वाचनमा यादव सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग पराजित भएका थिए ।

बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि सो निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..