सरस्वतीनगरको घटनालाई लिएर थापाले भने– ‘काठमाडौंका सबै ठाउँमा सिसीटिभी जडान गर्नुपर्यो’


काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौंका सबै ठाउँमा सिसीटिभीको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

काठमाडौंमा दिनदहाडै हत्या हुने क्रम बढदै गईरहेको उल्लेख गर्दै उनले शान्ति सुरक्षाको आवश्यक व्यवस्था मिलाउन संघीय सरकार र काठमाडौं महानगरपालिकाले मिलेर सबै ठाउँमा सिसीटिभी जडान गर्नुपर्ने बताएका हुन् ।बुधबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै महामन्त्री थापाले कपनस्थित सरस्वती नगरमा एक महिलाको दिनहदाडै हत्या भएको ७ दिन बित्दा लाग्दा पनि सरकारले घटनाको सत्यतथ्य बाहिर ल्याउने र दोषीलाई कारबाही गर्ने काम गर्न नसकेकोमा आक्रोश समेत व्यक्त गरे ।


उनले भने, ‘छुरी प्रहार गरेर हत्या भएको ७ दिन भयो । प्रहरी कार्यालय र गृह मन्त्रालय धाइरहनु भएको छ । तर उहाँहरुले ठोस जवाफ पाउनु भएको छैन । आज संयोगले माननीय गृहमन्त्रीज्यू संसदमा उपस्थित हुनुहुन्छ । म आग्रह गर्न चाहन्छु सम्माननीय सभामुख महोदयमार्फत घटनाको सत्यतथ्य र सबभन्दा ठूलो कुरा दिनदहाडै हत्या भएको सन्दर्भमा यहाँका नागरिकहरुले जुन विश्वास गर्न नसक्ने अवस्था बनेको छ । यसको बारेमा विश्वास गर्न गर्न स्थिति माननीय गृहमन्त्रीज्यूले बनाई दिनुहोस् ।

र, यसको तथ्य सातसात दिनसम्म पनि पत्ता लगाउन सकिएको छैन । शिघ्राधिशिघ्र यो घटनाको दोषी बाहिर आओस् भन्ने माग गर्दछु । यो सँगै सिंगै काठमाडौंलाई हामीसँगै काम गर्न तयार छौं । महानगरपालिका, संघीय सरकार मिलेर सिंगो काठमाडौंलाई यसको सेक्युरिटीसँग जोडेर सिसीटिभी जोडेको भए यो घटनाको तथ्य पत्ता लगाई सकेको हुन्थ्यो ।’


महामन्त्री थापाले सो घटनाको सत्यतथ्य तत्काल बाहिर ल्याई दोषीमाथि कडा कारबाही गर्न पनि सरकारलाई सचेत गराए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

काठमाडौं । राजनीतिक नेतृत्वहरू कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ । ऐन–कानुन संशोधन गरेर बलियो नीति बनाउनुपर्छ भन्नुहुन्छ, तर व्यवहारमा त्यो देखिन्न  निवर्तमान प्रहरी महानिरीक्षक..