नौ महिनामै भित्रियो ३८ अर्ब ४० करोडको सुन


काठमाडौं । चालू आर्थिक वर्षको नौ महिनामा ३८ अर्ब ४० करोड ४० लाख रुपैयाँबराबरको २ हजार ७ सय ६५ किलो सुन आयात भएको छ ।आयातीतमध्ये १७ अर्ब २८ करोडको कच्चा सुन हो भने १ अर्ब ९ करोडको गहना हो । त्यस्तै २० अर्ब २ करोड रुपैयाँको सुन ‘अनरोट गोल्ड विथ प्लाटिनम’ शीर्षकमा आयात भएको छ ।


समीक्षा अवधिमा कच्चा सुन २ हजार ३१६ किलो आयात भएको छ भने ४४९ किलो ‘अनरोट गोल्ड’ र रेडिमेट गहना आयात भएको छ । त्यसमा २४ किलो सुनको ज्वेलरी र ४२४ किलो ‘अनरोट गोल्ड’ भित्रिएको छ ।

चालू आवमा स्विट्जरल्यान्डबाट ७० करोड ९९ लाख रुपैयाँको १ सय किलो कच्चा सुन आयात भएको छ । त्यस्तै, टर्कीबाट १ अर्ब ८७ करोड ५३ लाख रुपैयाँको कच्चा सुन आयात भएको छ ।सबैभन्दा बढी सुन यूएईबाट भित्रिएको छ । यूएईबाट १४ अर्ब ६९ करोड ५१ लाख रुपैयाँबराबरको १ हजार ९६६ किलो कच्चा सुन आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ ।


गत आवको सोही अवधिमा ३४ अर्ब ५१ करोड ६५ लाख रुपैयाँबराबरको ४ हजार ५२६ किलो सुन तथा गहना आयात भएको थियो । त्यसमध्ये २८ अर्ब ५४ करोड रुपैयाँको ४ हजार ९४ किलो कच्चा सुन आयात भएको थियो ।


त्यस्तै, ५ अर्ब ७ करोड ५३ लाख मूल्यबराबरको ३३८ किलो ‘अनरोट गोल्ड’ आयात भएको थियो भने ८९ करोड २१ लाख रुपैयाँबराबरको ९३ किलो गहना आयात भएको थियो ।‘अनरोट गोल्ड’ शीर्षकमा गत वर्ष ५ अर्ब ७ करोडको ३३८ किलो सुन भित्रिएकोमा यो वर्ष सोही शीर्षकमा २० अर्ब २ करोडको ४२४ किलो सुन भित्रिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..