अमेरिकामा उडिरहेको विमानमा आगो लाग्यो


एजेन्सी । अमेरिकाको ओहायोमा उडिरहेको एक विमानमा साेमबार आगो लागेको छ ।ओहायोको जोनग्लेन कोलम्वस अन्तर्राष्ट्रिय विमानस्थलबाट साेमबार बिहान फोनिक्सका लागि उडेको अमेरिकी एयरलाइन्सको उडान नम्बर १९५८ नम्बको बोइन ७३७ विमानमा आगो लागेको हो ।

उडेको केही मिनेटमै चरासँग ठोक्किएको विमानमा आगो लागेको थियो ।विमानमा आगो लागेपछि चालकले विमानलाई सोही विमानस्थलमा सुरक्षित रुपमा अवतरण गराएका छन् । सुरुमा विमानको इन्जिनमा आगो लागेको आशंका गरिएकोमा एयरलाइन्सले इन्जिनमा आगो लागेको नभई चरासँग ठोक्किएका कारण आगो लागेको जनाएको छ ।


विमानमा कति जना यात्रु थिए भन्ने खुलाइएको छैन । विमानमा आगो लागेपछि सोही विमानस्थलबाट अन्य उडानहरु अवरुद्ध भएका थिए । अमेरिकाको संघीय उड्डयन प्रशासनले घटनाको विस्तृत छानविन गर्ने जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..