चियाबारीमा आगलागी करोडौंको क्षति


सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका-२ काे चियाबारीमा आगलागी हुँदा २ करोड बराबरको क्षति भएको छ ।

हावाहुरीका कारण आइतबार रातिको भएको आगलागीबाट चियाबारी बजारका गंगा थापा, टंक थापा, सन्तोषकाजी थापा, सिताराम थापा र कौशल थापाका घर जलेर नष्ट भएकाे जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएकाे हाे । आगलागीबाट सन्तोषकाजीको विवाहका लागि तयार गरिएको सुन, कपडा र पैसा लगायतका सामग्रीहरु समेत जलेर नष्ट भएकाे छ ।


सदरमुकाम सिन्धुली माडीबाट ५ किलोमिटर उत्तरपश्चिम क्षेत्रमा रहेकाे चियाबारीमा लागेको आगो निभाउन सिन्धुली माडीबाट दमकल परिचालन गरेर आगाे नियन्त्रणमा लिएकाे प्रहरीले बताएकाे छ ।प्रत्येक वर्षकाे गर्मीयाममा सिन्धुलीकाे कमलाखोंच र मरिण लगायतका क्षेत्रमा आगलागीका घटनाहरु भएर कराेडाैंकाे क्षति हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..