नेपालमै बनेका सवारी साधन दर्ता नभएकोबारे प्रधानमन्त्री प्रचण्डको चासो, मुख्यसचिवलाई दिए निर्देशन


काठमाडौं । नेपालमै उत्पादित सवारी साधन दर्ता नभएको भन्ने गुनासोबारे प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण भएको छ । प्रधानमन्त्री प्रचण्डले नागरिकबाट आएका उक्त गुनासो सम्बोधन गर्न आइतबार बिहान नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीलाई निर्देशन दिएका हुन् ।


प्रधानमन्त्री प्रचण्डले मुख्यसचिव बैरागीलाई नेपालमै उत्पादित सवारी साधन दर्ता नभएको भन्ने गुनासो सम्बोधन हुनेगरी दर्तासम्बन्धि कानुनको तयारी गर्न निर्देशन दिएका छन् । साथै, नेपाली उत्पादनलाई जोड दिएर नीति अख्तियार गर्न पनि प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएका छन् ।


प्रधानमन्त्री प्रचण्डले नेपालमै बनेका सवारी दर्तासम्बन्धी कार्यविधिलाई छिटो टुंग्याउन पनि निर्देशन दिएका छन् । प्रधानमन्त्रीको निर्देशनबमोजिम मुख्यसचिव बैरागीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई तत्काल यससमबन्धी आवश्यक कानुनको मस्यौदा तयार पार्न निर्देशन दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..