श्रीमतीको हत्या आरोपमा पक्राउ

दाङ । दाङमा श्रीमतीको हत्या गरेर फरार भएको आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४१ वर्षीय मेघराज केसी छन् ।घोराही उपमहानगरपालिका–१२ रतनपुरकाकी ४० वर्षीय श्रीमती शारदा केसीको हत्या गरी फरार रहेका प्रहरीको दाबी छ ।


मेघराजलाई प्रहरीले वैशाख ८ गते राति साढे ९ बजे लुकिछिपी हिँडिरहेको अवस्थामा भानपुरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख वीरबहादुर वलीले जानकारी दिए ।


श्रीमान–श्रीमतीको आपसी विवादका क्रममा आफूले श्रीमतीको हत्या गरेको स्वीकारेको प्रहरी प्रमुख वलीले बताए ।आरोपी केसीले वैशाख १ गते राती दश बजेको श्रीमतीलाई हत्या गरी शव घरको बारीमा गाडेका प्रहरीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..