चाईना रेलवेद्वारा मधेशमा अवैध उत्खनन् तिब्र

लहान । महेन्द्र रामार्ग स्तराेन्नतीकाे ठेक्का पारेर कमला – कञ्चनपुर सडक खण्डकाे स्तराेन्नती कार्य गरिरहेकाे छिमेकी मुलुक चिनकाे चाईना रेलवे नम्बर – २ ईञ्जिनियरिङ् ग्रुप कम्पनि लिमिटेडका मधेश प्रदेशकाे सिरहा र सप्तरीमा अवैध उत्खननलाई तिब्र पारेकाे छ । स्थानिय तहका प्रमुख , उपप्रमुख , पालिकाका प्रमुख प्रशासकिय अधिकृत , ईञ्जिनियर , प्रमुख जिल्ला अधिकारी , प्रहरीप्रशासनलाई प्रभावमा पारेर चिनियाँ रेलवेले मापदण्ड बिपरित अबैध उत्खनन् तिब्र पारेकाे बताईएकाे छ ।

यसबारे सबै जानकार भएपनि सम्बन्धित निकायकाे माैनता शंकास्पद रहेकाे सिरहा जिल्ला समन्वय समितिका प्रमुख दिनेश कुमार महताेकाे भनाई छ ।समन्वय समिती प्रमुख महताेले सिरहाकाे कर्जन्हा नगरपालिका , मिर्चैया नगरपालिका , नरहा गाउँपालिका , गाेलबजार नगरपालिका , धनगढी नगरपालिकामा चिनियाँ रेलवेले यतिबेला अवैध उत्खनन् तिब्र पारेकाे छ । यसअघि लहान नगरपालिकामा पर्ने सरे देखि चुरे सम्म अवैध उत्खनन् गर्दा समन्वय समितिले उत्खननमा प्रयाेग गरिएकाे जेसिवि नियन्त्रणमा लिएर चाईना रेलवेलाई जरिवाना तिराएकाे थियाे ।


जिल्ला समन्वय समितीका अनुसार नगरपालिकासँग डेढ फिट गहिराई र ३ किलाे मिटर दुरीमा उत्खनन् गर्ने सम्झाैता भएपनि चाईना रेलवेले १३ फिट सम्म गहिराई गरेर उत्खनन् गरिएकाे भेटिएपछी पटकपटक गरेर चाईना हाईवेलाई १२ लाख जरिवाना गराएकाे थियाे ।


हाल कर्जन्हा नगरपालिकाकाे कमला खाेला , मिर्चैया , नरहा , धनगढी र गाेलबजार क्षेत्रमा ब्यक्तिकाे निजि जग्गा भाडामा लिएर रातारात उत्खनन गरिदै अाएकाे बताईएकाे छ । त्यस्तै सप्तरीकाे सुरूङ्गा र फत्तेपुर नगरपालिका क्षेत्रमा पनि चाईना रेलवेले उत्खनन् तिब्र बनाएकाे छ ।


अवैध उत्खनन् भईरहेकाे गाेप्य सूचनाकाे अाधारमा सिरहाका प्रमुख जिल्ला अधिकारी , प्रहरी प्रमुखहरू र स्थानिय सञ्चारकर्मी सहित २ पटक अनुगमन गरिएकाे नदीजन्य तथा खानिजन्य उत्खनन् अनुगमन समितीका अध्यक्ष समेत रहेका जिल्ला समन्वय समितीका प्रमुख महताेले कुराकानीमा जानकारी दिए । उनले भने – ” कार्वाहीकाे दायरामा ल्याउने निकायले नै माैनता साँधेपछी उत्खनन् नराेकिएकाे हाे ।


उत्खनन् अनुगमन समितीमा सदस्यका रूपमा प्रमुख जिल्ला अधिकारी , प्रहरी प्रमुखहरू , वन तथा भुक्षय कार्यालय लगायत कार्यलयका प्रमुखहरू सदस्य हुने ब्यवस्था छ ।
चाईना रेलवेका नेपाल प्रमुख उज्वल पाैडेलले यश बिषयमा अनभिज्ञता जनाए । उनकाे भनाई थियाे – ” उत्खननकाे बिषयमा मलाई जानकारी भएन ।”


महेन्द्र राजमार्गकाे १ हजार २७ किलाे मिटर सडक स्तराेन्नती गर्न चाईना रेलवेले नेपाल सरकारसँग ग्लाेवल टेण्डर पारेकाे थियाे । जसअन्तर्गत अहिले कमला – कञ्चनपुर ४७ किलाे मिटर सडक ग्रमिण क्षेत्रमा ४ लेन र शहरी क्षेत्रमा ६ लेनकाे स्तराेन्नती कार्य भईरहेकाे छ , जसकाे कूल बजेट ३५ सय कराेड बताईएकाे छ । सरकारले याे सडक स्तराेन्नतीलाई राष्टिय गाैरवकाे अायाेजनामा समाबेश गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..