काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी लगायतसँग छलफल गरेका छन् ।आगामी आर्थिक वर्षको बजेट निर्माण, अर्थतन्त्रको वस्तुस्थिति र अर्थतन्त्रमा देखिएका समस्याहरूलाई समाधान गर्न अर्थमन्त्री महत छलफलमा जुटेका हुन् ।
अर्थमन्त्री महतले अहिलेको समस्या समाधानमा केन्द्रीय बैंकले कस्तो भूमिका खेल्न सक्छ भन्ने विषयमा छलफल गरिरहेका छन् । पछिल्लो समय बैंकको ब्याजदर र ऋणको विषय निकै विवादित बनेको छ ।
यस्तो अवस्थामा केन्द्रीय बैंकले कानमा तेल हालेर बसेको भन्दै जनस्तरबाटै आरोप पनि लाग्दै आएको छ । अर्थ मन्त्रालयमा भएको छलफलमा गभर्नर अधिकारी, अर्थ मन्त्रालयका अर्थ सचिव तोया राय, राजस्व सचिव डा। रामप्रसाद घिमिरेसहित सहभागी छन् ।


