भोजमा भान्से र खाने कुरा देखि पानीसम्म बाँड्ने दलित समुदाय नै थिए,अनि कसरी विभेद भयो ?

लहान । जब भोजमा खास गरि भोजमा दलित समुदाय नै भान्से थिए । खाने कुरा देखि पानी बाँड्ने पनि दलित समुदाय नै थिए अनि कसरी विभेद भयो ?

सिरहाको भगवानपुर गाउँपालिका प्रमुख उग्र नारायण यादव यतिबेला चर्चामा छन् । मृतक आमाको १३ औँ पुण्यतिथीमा आयोजित शुद्दिकरण भोजमा दलित समुदाय माथि विभेद गरेको आरोप यादव माथि लागेको छ ।

यही बिषयमा सुरक्षा खबरले नेकपा ( एमाले)का सिरहा जिल्ला सचिव समेत रहेका यादवसँग कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीको सम्पादित अंशः

तपाँईले आमाको १३ औँ पुण्य तिथीमा आयोजित शुद्दिकरण भोजमा दलितमाथि विभेद गरेको हो ?

यो सरासर गलत हो । म दलितको नेता हो । दलित समुदायकै घरमा खाएर , बसेर राजनीति गरेको हुँ । दलित हक अधिकारको लागि धेरै पटक लडाईँ लडेको छु । विधुत जडानको लागि होस् या मुर्ति सदगदमा गरिएको विभेद बिरूद्व म अग्र मोर्चामा बसेर लडेको छु । म कसरी दलित समुदायलाई विभेद गर्न सक्छु ?

भएको चाहिँ के हो त ?

हेर्नुस् भोजमा खास गरि भोजमा दलित समुदाय नै भान्से थिए । खाने कुरा देखि पानी बाँड्ने पनि दलित समुदाय नै थिए । ४ हजार भन्दा बढि आगन्तुक थिए । म पुजामा ब्यस्त थिएँ । जहाँ सम्म प्ले कार्डको कुरा छ , त्यो मैले नै हटाउन लगाएको हो । घर छेउको बाँस झ्याँगमा फालिएको थियो । त्यहीँ उठाएर फोटो खिचिए छ । म अनि मेरो पार्टीलाई बदनाम गर्न नियोजित षडयन्त्र गरियो ।

भोजमा विभेद भयो भनेर दलितहरू आन्दोलनमै उत्रिए त !

केही बिपक्षी र एनजिओहरूले आन्दोलन गरेको समाचारबाट जानकारी पाएँ । मैले विभेद गरेको भए भगवानपुरमै आन्दोलन हुनेथियो । सुन्दै छु जाहेरी दर्ता गर्न धनगडीको मान्छे गएको थियो रे १ जे होस् केही एनजिओले धन्दा चलाउने अबसर पाए । तर यो गलत हो ।

दलित आयोग पनि आयो नि हैन ?

हो दलित आयोगका प्रतिनिधीहरू पनि आउनुभयो । मैले स्थलगत अनुसन्धान पनि गर्नु भयो । भगवानपुरमा ४० प्रतिशत दलित समुदाय छन् । एकजनाले पनि उग्रनारायणले दलितमाथी विभेद गर्यो भनेर भन्यो भने म झुन्डिन तयार छु । भोजमा आयोजकहरूबाट गल्ति भयो होला । मैले क्षमा याचना गरिसकेको छु ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

काठमाडौं । राजनीतिक नेतृत्वहरू कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ । ऐन–कानुन संशोधन गरेर बलियो नीति बनाउनुपर्छ भन्नुहुन्छ, तर व्यवहारमा त्यो देखिन्न  निवर्तमान प्रहरी महानिरीक्षक..