ठगी गर्ने गिरोह विरुद्ध कठोर बन्दै आईजिपी कुँवर

काठमाडौं । ठगी गर्ने गिरोह विरुद्ध नेपाल प्रहरीका प्रमुख आईजिपी वसन्त बहादुर कुँवर कठोर बन्दै गएको छ । यस्ता काराेबारमा काेही संलग्न भएकाे भए प्रहरीलाई जानकारी दिन समेत अनुराेध गरेकाे छ । अनलाइनबाट ठगी गरेको अभियोगमा ९ जना चिनियाँसहित १९ जना पक्राउ परेका छन्।

अपराध अनुसन्धान कार्यालयले बुधवार पत्रकार सम्मलेन गरेर अनलाइन बिजनेश गर्न सघाउने भन्दै तालिम दिएर अनलाइनमा लगानी गर्न लगाएर ४८ लाख ठगी गरेको अभियोगमा १० जना नेपाली र ९ जना चिनियाँ नागरिकलाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा दोलखा शैलुङगेश्वर गाउँपालिका वडा–३ घर का ४६ वर्षीय बुद्धिराज श्रेष्ठ, नुवाकोट शिवपुरी गाउँपालिका-५ घर २९ वर्षीय इन्द्र तामाङ, नुवाकोट शिवपुरी गाउँपालिका-६ का ३६ वर्षीय राजकुमार लामा, काठमाण्डौ बुढानिलकण्ठ नगरपालिका २ बस्ने २५ वर्षीय प्रयास भण्डारी, दोलखा बैतेश्वर गाउँपालिका २ बस्ने ई २६ वर्षीय अर्जुन श्रेष्ठ, चिनियाँ नागरिकहरू ३३ वर्षीय हाउङ हाउनरुङ, ३६ वर्षीय छु फुक्सिङ, ३४ वर्षीय लान जेङवेइ, ४० वर्षीय छेइ गू यी, २९ वर्षीय छेइ शाङ्ग डी, ३१ वर्षीय गोओ मीङ, ३१ चाउ पिङ भीङ, ३० वर्षीय चेन दुर लीन, ३९ वर्षीय ली जैन होङ, रामेछाप उमाकुण्ड गाउँपालिका-४ की ३४ वर्षीया रविना सुनुवार, लम्जुङ दूधपोखरी गाउँपालिका ३४ वर्षीया सुनिता गुरुङ, मकवानपुर हेटौडा उप महानगरपालिका ८ २२ वर्षीया कृष्टिना लामा भन्ने अमुना गोले, काठमाडौँ रमहानगरपालिका ४ चण्डोलकी १९ वर्षीया अनिता मगर र गोरखा चुमनुब्री गाउँपालिका की २० वर्षीया अनु गुरुङ छन् ।

उनीहरूले सामाजिक सञ्जाल टेलिग्राममा अपरेशन टिचर नामको अनलाइन च्यानल बनाएर अनलाइनमा कसरी लगानी गर्ने भन्ने विषयमा कक्षाहरू सञ्चालन गरेर ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीले जानकारी दिए ।

अनलाइनमा लगानी गरेपछि १५ प्रतिशत कमिशन आउने भन्दै नेपालीलाई लोभ्याएर पैसा लगानी गर्न लगाएको खुलेको हो। ९ जना चिनियाँले काठमाडौंको बौद्धमा कोठा भाडामा लिएर नेपालीहरूलाई प्रयोग गरेको अनुसन्धानबाट खुलेको छ।

९ जना नेपालीहरूको नाममा खाता खोल्न लगाएर उनीहरूलाई खाता खोलेबापत मासिक १० हजार रुपैयाँ दिँदै आएका थिए । उनीहरूको खातामा अनलाइन ठगी गरेको पैसा नेपालीको खातामा जम्मा गर्ने र एटीएम, अनलाइन बैंकिङमार्फत पैसा झिक्ने गरेको अनुसन्धानमा खुलेको छ ।

खाता खोल्ने नेपाली र ९ जना चिनियाँहरूको मुख्य एजेन्टका रुपमा अर्जुन श्रेष्ठले गर्दै आएका थिए । उनले नै एटीएमबाट पैसा झिकेर चिनियाँहरूलाई बुझाउने गरेको अनुसन्धान खुलेको एसएसपी केसीले जानकारी दिनुभयो ।

एसएसपी केसीका अनुसार यसभन्दा अगाडि अनलाइन ठगीमा चिनियाँहरूले आफूहरू संलग्न हुँदैनथेँ, तर यसपालि उनीहरू आफू संलग्न भएकाले नेपालमै मुद्दा चल्ने बताए ।

उनीहरूले समग्रमा १० करोड रुपैयाँ ठगी गरेको खुलेको छ ।

प्रहरीमा एक जना व्यक्तिले आफू ४८ लाख रुपैयाँ ठगिएको भन्दै उजुरी दिएपछि घटनाबारे पोल खुलेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

काठमाडौं । राजनीतिक नेतृत्वहरू कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ । ऐन–कानुन संशोधन गरेर बलियो नीति बनाउनुपर्छ भन्नुहुन्छ, तर व्यवहारमा त्यो देखिन्न  निवर्तमान प्रहरी महानिरीक्षक..