प्रहरीमा पनि जवानको पेन्सन अवधि १६ वर्ष बनाउन आईजिपी सिंह सक्रिय

काठमाडौं । नेपाल प्रहरीका जवान , हवल्दारहरुको पेन्सन अवधि १६ वर्ष बनाउने प्रस्ताव अघि बढेको छ । प्रहरी महानिरीक्षक ( आईजिपी ) धिरज प्रताप सिंहले पठाएको प्रस्तावलाई गृह मन्त्रालयले निर्णयार्थ अघि बढाएको हो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीमा १६ वर्षमा पेन्सनको सुविधा दिन माग हुँदै आएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले भने हालै यससम्बन्धि प्रस्ताव अघि बढाएको छ । स्रोतका अनुसार गृह मन्त्रालयसँग छलफल गरेर नेपाल प्रहरी र सशस्त्र प्रहरीले प्रहरी नियमावली संशोधनको प्रस्ताव अघि बढाएको हो । हालको सरकार यसमा सकारात्मक भएकाले यो प्रावधान पास हुने सम्भावना रहेको गृहका एक अधिकारी बताउँछन् ।

सरकारले नेपाली सेनामा सो व्यवस्था गरिसकेको छ ।
हाल पेन्सनका लागि न्यूनतम सेवा अवधि २० वर्ष छ । २० वर्ष सेवा गर्दा उमेर ४० वर्ष पुग्ने र त्यसपछि विदेशमा कम अवसर पाउने भएकाले १६ वर्षमै पेन्सनको व्यवस्था गर्न प्रहरी अधिकारीले दबाब दिदै आएका हुन् । तल्लो तहका प्रहरीलाई सुविधा थोरै र दुःख धेरै भएकाले पेन्सन अवधि पुगेलगत्तै स्वेच्छिक अवकाश रोज्ने गरेका छन् ।

नेपाली सेनामा १६ वर्ष अवधि पुगेलगत्तै अवकाश लिन पाइने तर २० वर्ष पुगेपछि मात्र पेन्सन पाउने व्यवस्था गरिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका तल्लो तहका कर्मचारीले पनि यस्तो सुविधा दिन नेतृत्वलाई आग्रह गर्दै आएका छन् ।

यो प्रावधानले राज्यलाई आर्थिक भार पनि नपर्ने र नयाँले रोजगारीको अवसर पनि पाउने भएकाले १६ वर्षे पेन्सनको नीति लिनुपर्ने दबाब राज्यमाथि छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

काठमाडौं । राजनीतिक नेतृत्वहरू कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ । ऐन–कानुन संशोधन गरेर बलियो नीति बनाउनुपर्छ भन्नुहुन्छ, तर व्यवहारमा त्यो देखिन्न  निवर्तमान प्रहरी महानिरीक्षक..