भ्रष्टाचार गरी साझा प्रकाशनको डुबाएको आरोप लागेकी झा उपराष्ट्रपतिको उम्मेदवार

काठमाडौं । जनमत पार्टीले उपराष्ट्रपति पदमा अघि सारेकी ममता झा तिनै पात्र हुन्, जोमाथि ९ वर्षअघि साझा प्रकाशनको अध्यक्ष एवं महाप्रबन्धक हुँदा पदको दुरुपयोग गरेको आरोप लागेको थियो । यति मात्र होइन, साझा डुबाउनेमध्येकी एक उनी पनि भएको आरोप लाग्ने गरेको छ ।

आफूविरुद्धका उजुरीका कारण पटक-पटक अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगेर सफाइ दिएको कुरा राजीनामा दिने क्रममा उनी स्वयंले बताएकी थिइन् ।

२०७० सालमा साझा प्रकाशनका कर्मचारीले झालाई प्रवेश निषेध गर्दै आन्दोलन गरेका थिए । एक प्रतिवेदनले झा अध्यक्ष भएका बेला सरकारले साझाको केन्द्रीय भवन बनाउन दिएको रकम घोटाला भएको औँल्याएको थियो । अख्तियारले छापा मारेर भवन निर्माणसम्बन्धी कागजपत्र नियन्त्रणमा लिएपछि उनले राजीनामा दिएकी थिइन् । झाले साझा प्रकाशन डुबाएको भनेर विभिन्न साहित्यकारहरूले समेत आन्दोलन गरेका थिए । 

साझाको भवन बनाउन रकम नपुगे पनि उनले आफ्ना लागि ८० लाखको गाडी किनेकी थिइन् । पहिले उनी सद्भावना पार्टीमा थिइन् । अहिले जनमत पार्टीकी सप्तरी इन्चार्ज छिन् । विवादित पृष्ठभूमिकी उनै झाले अहिले उपराष्ट्रपति पदमा उम्मेदवारी दिएकी छन् ।

उपराष्ट्रपति पदमा उम्मेदवार हुने व्यक्तिको योग्यतामा उच्च नैतिक चरित्र भएको हुनुपर्ने समेत कानूनी व्यवस्था रहेको छ । भ्रष्टाचार मुद्दालाई नैतिक पतन जनिने कसूर मानिन्छ । सो अभियोग अन्तिम अदालतबाट प्रमाणित भएमा कुनै पनि पदमा उम्मेदवार बन्न पाइदैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..