संघीय निजामती र प्रहरी ऐनले सरकारको भविष्य निर्धारण हुन्छ : अध्यक्ष यादव

जनकपुर । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संघीय निजामती ऐन र प्रहरी समायोजन ऐनसँग सरकारको भविष्य निर्धारण हुने बतााएका छन् ।

जनपुरधाममा बुधबार मधेश प्रज्ञा प्रतिष्ठानको उद्घाटन गर्दै अध्यक्ष यादवले संघीय सरकारले तत्काल यी दुई विधेयक पारित गर्नुपर्ने बताए ।

‘अहिलेको सरकारले दुईवटा काम तत्काल गर्नुपर्छ । संघीय निजामती ऐन यथाशीघ्र पास गरेर प्रदेश कर्मचारी तन्त्र स्थापित र प्रहरी समायोजन गरेर प्रदेशलाई हस्तान्तरण’, यादवले भने, यही दुईवटा काममा यो सरकारको भविष्य निर्धारण हुन्छ ।’

प्रदेश सरकारको आफ्नो छुट्टै कर्मचारी, प्रहरी प्रशासन र स्रोत साधन नहुँदा चाहे अनुसार काम गर्न नसकेको उनको भनाइ छ । ‘एउटा आर्मीको गार्ड लिएर घुम्दैमा सरकार हुँदैन । आफ्नो प्रहरी प्रशासन, कर्मचारी, कानुन, अदालत र स्रोत चाहिन्छ’, यादवले भने ।

उनले संघीयता र लोकतन्त्रको विकल्प एकात्मक प्रणाली हुनै नसक्ने दावी समेत गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

काठमाडौं । इन्टरपोलद्वारा आयोजित INTERPOL 100 Global Video Contest for Young Police Leaders प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको छ । मंसिर १२ देखि अष्ट्रियाको भियनामा आयोजना..