देउवाले राष्ट्रपति निर्वाचनमा ओलीसँग मागे भोट

काठमार्डाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेसँग राष्ट्रपति निर्वाचनका लागि भोट मागेका छन् ।


एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाउँदै सभापति देउवाले राष्ट्रपति निर्वाचनमा आफ्नो दलका उमेदवार रामचन्द्र पौडेलका पक्षमा भोट मागेका हुन् ।पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले आठ दलीय गठबन्धनको तर्फबाट कांग्रेसका उमेदवार पौडेलका लागि ओलीसँग भोट मागेका हुन् । अरूभन्दा पौडेल योग्य उमेदवार रहेको भन्दै देउवाले ओलीसँग भोट मागेका छन् ।


देउवाले भोट मागेको पत्र नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार अपराह्न ओली निवास बालकोटमा पुगेर ओलीलाई बुझाएका थिए ।यसअघि नेकपा एमालेका अध्यक्ष ओलीले भने कांग्रेस बाहेकका दल र स्वतन्त्र उम्मेदवारहरुलाई पत्र पठाएर राष्ट्रपति निर्वाचनमा एमाले उम्मेदवार सुवास नेम्वाङका लागि भोट मागेका थिए ।

यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका पौडेल र नेकपा एमालेका उपाध्यक्ष नेम्वाङ उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

काठमाडौं । इन्टरपोलद्वारा आयोजित INTERPOL 100 Global Video Contest for Young Police Leaders प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको छ । मंसिर १२ देखि अष्ट्रियाको भियनामा आयोजना..