सुनसरीबाट साढे दुई क्‍वीन्टल गाँजा बरामद


विराटनगर । सशस्त्र प्रहरीले सुनसरीको हरिनगर गाउँपालिका ५ स्थित नरकटियाबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ ।हरिनगरको भुटाहा–घुस्की सडकखण्डबाट सशस्त्रले १२ बोरा प्रतिबन्धित लागुऔषध बरामद गरेको हो ।


बरामद गाँजा २५८ किलोग्राम रहेको सशस्त्र प्रहरीको वसन्तपुर बीओपीको टोलीले बरामद गरेको हो । सशस्त्र प्रहरीले सोमबार राति करिब १० बजेतिर गाँजा बरामद गरेको थियो ।भुटाहाबाट घुस्कीतर्फ जाँदै गरेको ‘बिआर १ एके ७१००’ नम्बरको भारतीय स्कोरपियोलाई चेकजाँच गर्दा सशस्त्रले गाँजा बरामद गरेको हो ।

प्रहरीले गाडी रोकेर चेकजाँच गर्न खोज्दा चालक भने गाडी नरोकी भाग्ने प्रयास गर्दा गाडीको पिछा गर्ने क्रममा खेतको छेउमा गाडी र गाँजा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।सशस्त्रले बरामद गरिएको गाँजा भने प्रहरीले जिल्ला प्रहरी कार्यालय सुनसरीलाई बुझाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..