प्रचण्डको सरकार अल्पमतमा

काठमाडौं । नेकपा (एमाले) सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार अल्पमतमा परेको छ । प्रचण्ड गत पुष १० मा एमालेको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । सरकारलाई समर्थन दिएको ६४ दिनमै एमाले सरकारबाट बाहिरिने तयारीमा पुगेको हो ।

एमालेको आज बसेको सचिवालय बैठकले सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो । परराष्ट्रमन्त्री विमला राई पौडेललाई जेनेभा जान प्रधानमन्त्री प्रचण्डले रोक लगाएपछि आफ्नो अपमान भएको महशुस गर्दै एमाले सरकारबाट बाहिरिएको छ ।

एमाले सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि अब प्रधानमन्त्रीले संसद्बाट विश्वासको मत लिनुपर्छ । प्रचण्डले अब विश्वासको मत प्राप्त गर्न नसकेमा संसद्मा सबैभन्दा बढी सदस्य रहेको दलको संसदीय दलको नेताका हैसियतले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

काठमाडौं । इन्टरपोलद्वारा आयोजित INTERPOL 100 Global Video Contest for Young Police Leaders प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको छ । मंसिर १२ देखि अष्ट्रियाको भियनामा आयोजना..