देउवाले गोविन्द भट्टराईलाई भने- उपनिर्वाचन जितेर आउनुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उपनिर्वाचन जितेर आउन शुभेच्छा व्यक्त गरेका छन् ।नेता रामचन्द्र पौडेलले फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनमा निर्वाचित भएमा तनहुँ-१ मा उपनिर्वाचन हुनेछ ।

आठ गठबन्धनको मतले पौडेल जित्ने आकलन गरेर उपनिर्वाचनको विषयमा कुरा गर्न भट्टराई सभापति देउवालाई भेट्न धुम्बाराही गएका थिए । सोमबार बिहान सभापतिसँग भएको छलफलमा देउवाको बोली उधृत गर्दै भट्टराईले भने, ‘तनहुँ -१ मा उपनिर्वाचनमा जितेर आउनुपर्छ ।’

पुरानो गठबन्धन भत्किएर ट्रयाक बाहिर जान खोजेको राजनीतिलाई सही स्थानमा ल्याउन सकेकोमा आफूले सभापतिलाई धन्यवाद दिएको भट्टराईले बताए ।पौडेललाई राष्ट्रपतिको उम्मेदवारमा अघि सारेर पार्टीभित्र र बाहिर सकरात्मक सन्देश प्रवाह भएको सभापतिलाई सुनाएको भट्टराईले बताए ।

सभापतिसँग भेटका लागि समय मागेर गएको उनले सुनाए ।तनहुँ १ मा भट्टराई उम्मेदवार प्रत्यक्षतर्फ सिफारिस भएका थियो । पौडेल नै उम्मेदवार हुने भएपछि उनले टिकट पाउन सकेनन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

काठमाडौं । इन्टरपोलद्वारा आयोजित INTERPOL 100 Global Video Contest for Young Police Leaders प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको छ । मंसिर १२ देखि अष्ट्रियाको भियनामा आयोजना..