राप्रपाको आकस्मिक बैठक सुरु, सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय हुँदै

काठमाडौं । राप्रपाको कार्यसम्पादन समिति र संसदीय दलको आकस्मिक बैठक सुरु भएको छ । सो बैठकले पार्टी सरकारबाट बाहिरिने निर्णय गर्ने एक नेताले जानकारी दिए ।

हिजो (शुक्रबार) बालुवाटारमा कांग्रेससहित ८ दलले  राष्ट्रपतिमा कांग्रेसलाई सघाउने निर्णय गरेपछि राप्रपा सरकार छोड्ने निश्कर्ष पुगेको हो । पुष १० गते एमाले, राप्रपासहितका दलका समर्थनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा नियुक्त भएका थिए । तर, दुई महिना नबित्दै प्रचण्ड सत्ता समिकरण बदल्ने निश्कर्षमा पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

काठमाडौं । इन्टरपोलद्वारा आयोजित INTERPOL 100 Global Video Contest for Young Police Leaders प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको छ । मंसिर १२ देखि अष्ट्रियाको भियनामा आयोजना..