ओली प्रस्तावमा नेपाल मौन बस्नुको अर्थ

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा उम्मेदवारी दिन शुक्रबार अपराह्न गरेको प्रस्तावमा मौन बसेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केही समयपछि बालुवाटार पुगेर राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गरेका छन्।

ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग कुराकानी गरेपछि नेपाललाई भेटेर राष्ट्रपतिमा उम्मेदवारी दिन आग्रह गरेका थिए। नेपाली कांग्रेस, जसपा र माओवादीले बेग्लै गठबन्धन बनाइसकेको र एमालेको मात्रै प्रयासले राष्ट्रपति हुन नसक्ने ठानेर नेपाल ओलीको प्रस्तावमा मौन बसेका हुन्।

ओलीले महाराजगन्जस्थित एक घरमा नेपालसँग भेट गरेका थिए। प्रधानमन्त्री दाहालसँग कुराकानी गरेर बालुवाटारबाट निस्केका ओली सोझै नेपाललाई भेट्न महाराजगन्जस्थित एक निजी घरमा पुगेका थिए।

ओलीसँगको वार्तामा अलमलिएका कारण नेपाल कांग्रेस, माओवादीसहितको बालुवाटार बैठकमा केही ढिलो पुगेका थिए। बालुवाटार बैठकपछि मात्रै जबाफ दिन सकिने भन्दै नेपाल ओलीसँग बिदा भएका थिए। ओलीले केही दिनअघि पनि नेपाललाई भेटेर राष्ट्रपति बन्न प्रस्ताव गरेका थिए।

बालुवाटारमा शुक्रबार बिहान बसेको माओवादीसहित चार दलको बैठकमा निर्वाचनअघिको पुरानो गठबन्धन ब्युँताउने सहमति भइसकेकाले पनि ओलीको प्रस्तावमा नेपाल मौन बसेका हुन्।

एमाले पुस १० गते माओवादी केन्द्रसँग भएको सहमतिअनुसार राष्ट्रपति आफूले प्रस्ताव गरेको उम्मेदवार हुनुपर्ने अडानमा छ। यही विषयमा ओलीले प्रधानमन्त्री दाहालसँग पटकपटक छलफल गरेका छन्। तर दाहालले राष्ट्रिय सहमति हुनुपर्ने भन्दै आएका छन्।

राष्ट्रपति निर्वाचनका क्रममा माओवादी केन्द्र र एकिकृत समाजवादीले वाम ध्रुवीकरणको प्रस्ताव अघि सारे पनि एमालेले अस्वीकार गरेको छ। अहिले राष्ट्रपतिकै निर्वाचनमा लाग्नुपर्ने भन्दै एमालेले तत्काललाई वाम ध्रुवीकरणको प्रस्ताव अस्वीकार गरेको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

काठमाडौं । इन्टरपोलद्वारा आयोजित INTERPOL 100 Global Video Contest for Young Police Leaders प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको छ । मंसिर १२ देखि अष्ट्रियाको भियनामा आयोजना..