राष्ट्रपति उम्मेदवारबारे प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीबीच राष्ट्रपति निर्वाचनको उम्मेदवारबारे अहिले बालुवाटारमा छलफल जारी छ ।

चार दलसँग शुक्रबार नै तीन घण्टा छलफल गरेका दाहालले पाँच बजे बस्ने अर्को बैठकअघि दाहालले ओलीसँग छलफल गरेका हुन् । दाहालसँग भेट्न ओली संसद भवनबाट बालुवाटार गएका हुन् ।

संसद भवनबाट बाहिरिँदै गर्दा ओलीले शनिबार एमालेको तर्फबाट राष्ट्रपति उम्मेदवारमा मनोनयन हुने बताए ।’एमालेबाट राष्ट्रपति उम्मेदवार हुन्छ भन्ने पुस १० गते नै तय भएको कुरा हो’ ओलीले भने ।

बिहान बसेको चार दलकै बैठकमा साझा उम्मेदवार तय गर्ने सैद्धान्तिक सहमति भएको थियो । तर कांग्रेस र एकीकृत समाजवादीले आ-आफ्नो दाबी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

काठमाडौं । इन्टरपोलद्वारा आयोजित INTERPOL 100 Global Video Contest for Young Police Leaders प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको छ । मंसिर १२ देखि अष्ट्रियाको भियनामा आयोजना..