राष्ट्रपतिको उम्मेदवार फाइनल भएको छैन– प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपतिको उम्मेदवारका सन्दर्भमा छलफल भइरहेको बताएका छन् ।


प्रधानमन्त्री दाहालले अहिले दलहरुबीच विभिन्न विकल्प बारे छलफल भइरहेको र उम्मेदवारबारे टुंगो नलागिसकेको बताएका हुन् ।‘अहिले छलफल भइरहेको छ । फाइनल भएको छैन,’–उनले भने ।

प्रधानमन्त्री दाहालसँग राष्ट्रपतिको विषयलाई लिएर नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले भेटवार्ता गरेका छन् । उनीहरुबीच समासामयिक राजनीतिक घटनाक्रम र नजिकिँदै गरेको राष्ट्रपति निर्वाचनको बारेमा छलफल भएको बताइएको छ । दाहाल–नेपालसँगको भेटवार्तामा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

काठमाडौं । इन्टरपोलद्वारा आयोजित INTERPOL 100 Global Video Contest for Young Police Leaders प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको छ । मंसिर १२ देखि अष्ट्रियाको भियनामा आयोजना..