प्रधानमन्त्री दाहालसँग नेपालले भने– ‘सर्वसम्मति भए मात्र राष्ट्रपतिको उम्मेदवार बन्छु’

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सर्मसम्मति भएमा मात्रै आफू राष्ट्रपतिको उम्मेदवार बन्ने बताएका छन् ।

आज (बिहिबार) प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न आएका अध्यक्ष नेपालले पदलोलुप देखिएर राष्ट्रपति नहुने बताएको प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।

राष्ट्रपतिको विषयलाई लिएर अध्यक्ष नेपाल निरन्तर संवादमा रहेका छन् । उनलाई राष्ट्रपति बनाउन नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलेसमेत प्रधानमन्त्री प्रचण्ड समक्ष सिफारिस गरेका छन् । आजको छलफल पछि प्रधानमन्त्री प्रचण्डले नेता नेपालको उम्मेदवारीका बारेमा अन्य दलका शीर्ष नेतासँग पनि छलफल गरेर टुंग्याउने आश्वासन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

काठमाडौं । इन्टरपोलद्वारा आयोजित INTERPOL 100 Global Video Contest for Young Police Leaders प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको छ । मंसिर १२ देखि अष्ट्रियाको भियनामा आयोजना..