माधव नेपाललाई भेट्न कोटेश्वर पुगे चिनियाँ राजदूत

काठमाडौं। चिनियाँ राजदूत छन् सङले एकीकृत समाजवादी पार्टीका अध्‍यक्ष माधवकुमार नेपाललाई भेटेका छन् । नेपाललाई भेट्न राजदूत सङ कोटेश्वरस्थित अध्यक्ष निजी निवासमा पुगेका छन् ।

नेपालका निजी सचिवालयका अनुसार आज दिउँसो चिनियाँ राजदूत सङ नेपाल निवास पुगेका हुन् ।

भेटमा अध्यक्ष नेपालले नयॅा राजदूतलाई स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिए । साथै राजदूत सङको नेपाल आउन पाउँदा खुसी लागेको बताउॅदै आफ्नो कार्यकालमा सबैबाट सहयोगको अपेक्षा गरेको बताए

उनीरूबीच नेपाल चीन सम्बन्ध र द्विपक्षीय हितका विविध बिषयमा कुराकानी भएको नेपालको सचिवालयले जनाएको छ । आजै प्रधानमन्त्री प्रचण्डलाई भेट्न राजदूत सङ बिहान बालुवाटार पुगेका थिए ।

केही दिन अगाडि मात्रै चिनियाँ राजदूत सङले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

काठमाडौं । इन्टरपोलद्वारा आयोजित INTERPOL 100 Global Video Contest for Young Police Leaders प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको छ । मंसिर १२ देखि अष्ट्रियाको भियनामा आयोजना..