संसद्मा प्रभुको प्रश्न– विद्युत प्राधिकरण सरकारको कानुनमा चलेको छ की गिरोहले चलाएको छ ?

काठमाडौं । रौतहट–३ बाट निर्वाचित स्वतन्त्र सांसद प्रभु साहले नेपाल विद्युत प्राधिकरण सरकारको कानुनभन्दा बाहिर चलेको टिप्पणी गरेका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद साहले रौतहटमा गत फागुन ६ गते शिवरात्रिको अवसरमा विद्युत प्राधिरकणले लाइन काटेको प्रसंग जोड्दै प्रश्न उठाएका हुन् ।

‘नेपाल विद्युत प्राधिकरण नेपाल सरकारको मातहतमा छ की छैन ? जान्न चाहन्छु । नेपाल सरकारकै कानुनअनुसार चलिरहेको छ वा कुनै एउटा गिरोहले चलाइरहेको छ ? विद्यृुत प्राधिकरणका एमडी नेपाल सरकारको कानुनभित्र छन् वा कानुनभन्दा माथि हो ? जान्न चाहन्छु । विद्युत प्राधिकरणका कर्मचारीलाई कानुन लाग्छ कि लाग्दैन ?,’ उनले प्रश्न गरे ।

शिवरात्रिको अवसरमा रौतहटको एक प्रचीन मन्दिरमा लगाइएको महायज्ञमा विद्युत काटिएको र प्रमुख जिल्ला अधिकारीले विद्युत काट्ने कर्मचारीमाथि छानविन गर्ने बताएपछि मात्रै विद्युत दिएको उनले बताए । सेवाग्राहीले कर्मचारीलाई सोध्न जाँदा आक्रमण भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..