राष्ट्रपतिबारे माधवको प्रतिक्रिया- अरुका लागि बलिदान दिन सकिँदैन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिका विषयमा सबै पक्षसँग कुराकानी भइरहेको बताएका छन् ।

पार्टीको लुम्बिनी प्रदेशको पाँचौँ बैठकका लागि दाङ पुगेका नेता नेपालले राष्ट्रपतिका विषयमा बृहत छलफल आवश्यक रहेको भन्दै मिडियामा आएका कुरामा बोल्न हतार नगर्ने बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका लागि प्रस्ताव गरकोबारे पत्रकारको जिज्ञासामा उनले कतिपय कुराहरूलाई पर्दाभित्रै रहन दिँदा उपयुक्त हुने बताए ।

‘मिडियामा आएका कुरा सबै सत्य नै हुन्छन् भन्ने कुरा भएन । राष्ट्रपतिमा चाहाना राख्नु फरक कुरा हो, तर यसबारे सोचिसकेको छैन । अहिलेलाई पर्दाभित्रै राखेका छौं,’ उनले भने । ‘पावर सेयरिङ’मा आफूहरूले भूमिका पाउनुपर्ने भन्दै उनले अरूका लागि ‘बलिदान’ गर्न नसक्ने समेत बताए ।

‘चाहना राख्ने कुरा बेग्लै हो । मैले नै के गर्ने भनेर सोचिसकेको छैन । हाम्रो पार्टीले के गर्ने भनेर सोचेको छैन । हाम्रो पार्टीको धारणा के छ भने, पावर सेयरिङमा हाम्रो पार्टीको भूमिका हुनुपर्दछ । पावर सेयरिङमा भूमिका नभएर सधैँभरि अरूको निम्ति बलिदान हुने र अरूलाई फाइदा हुन हुन सक्दैन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

काठमाडौं । इन्टरपोलद्वारा आयोजित INTERPOL 100 Global Video Contest for Young Police Leaders प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको छ । मंसिर १२ देखि अष्ट्रियाको भियनामा आयोजना..