मोरङ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको उम्मेदवार नै राष्ट्रपति बन्ने बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले एमालेले उठाएको उम्मेदवार जिताउन राष्ट्रिय सहमति बन्ने विश्वास पनि व्यक्त गर्नुभयो ।


उहाँले एमालेले राष्ट्रपतिका लागि मनोनयन दर्ता गर्ने दिनमा नै नाम सार्वजनिक गर्ने उल्लेख गर्दै उहाँले एमालेको उम्मेदवारलाई राष्ट्रपतिमा जिताउन नेकपा माओवादी केन्द्रको पनि साथ र समर्थन रहने बताउनुभयो ।
राजनीतिक दलहरुसँग सहकार्य गर्न तयार रहेको भन्ने पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिप्रति अध्यक्ष ओलीले “पूर्वराजा शाह अलमलमा पर्नुभएको छ” भन्नुभयो ।