काठमाडौं । अभिनेत्री एवं एमाले नेता करिस्मा मानन्धरले उजुरी गरेका व्यक्ति डिल्लीराम खनाललाई प्रहरीले पक्राउ गरेको छ ।युट्युवमा अन्तर्वार्ता दिने क्रममा आफूलाई चरित्र हत्या हुनेगरी अभिव्यक्ति दिएको भन्दै करिस्माले खनालविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् ।
खनाललाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । केन्द्रीय साइबर ब्युरोले खनाल पक्राउ गरेको जनाइएको छ ।उनलाई अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिने जनाइएको छ ।


विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार करिस्माले डिल्लीरामबिरुद्ध कारवाहीको माग गर्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।एक युट्युव अन्तर्वार्तामा डिल्लीरामले करिश्मा लिभिङ टुगेदर बसेको बताएका थिए ।उनको अन्तर्वार्ता विभिन्न सामाजिक संजालहरुमा भाइरल बनेको थियो ।