चित्रबहादुरले बुझाए प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र

काठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई आज बिहान ज्ञापन पत्र बुझाएको छ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसहितको संयुक्त टोलीले शुक्रबार बिहान बालुवाटार पुगेर प्रचण्डलाई विभिन्न मागसहित ज्ञापनपत्र बुझाएको हो।

जनमोर्चाले गणतन्त्र, राष्ट्रियता लगायत समसामयिक विषयलाई समेटेर ज्ञापनपत्र बुझाएको हो। टोलीमा उपाध्यक्ष दुर्गा पौडेल, महासचिव मनोज भट्ट लगायतका नेता सहभागी छन्। 

अध्यक्ष केसीले मूल्यवृद्धि निरन्तर भएपनि सरकारले अनुगमन तथा नियन्त्रणमा उदासिन भएको बताएका छन्। जवाफमा प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधार गर्न र मूल्यवृद्धि नियन्त्रण गर्न सरकार गम्भीर भएर लागिरहेको बताएको बालुवाटार स्रोतले जनाएको छ।

गत निर्वाचनमा पाँच दलीय गठबन्धनबाट निर्वाचन लडेको जनमोर्चा नयाँ सत्ता समीकरण बनेपछि सरकारमा सहभागी भएको छैन। प्रचण्डले विश्वासको मत लिँदा जनमोर्चा र नेमकिमाले विपक्षमा मतदान गरेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

काठमाडौं । इन्टरपोलद्वारा आयोजित INTERPOL 100 Global Video Contest for Young Police Leaders प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको छ । मंसिर १२ देखि अष्ट्रियाको भियनामा आयोजना..