लागु औषधसहित ४ जना पक्राउ

वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले लागु औषधसहित चार जनालाई पक्राउ गरेको छ । सर्लाहीको लालबन्दी नगरपालिका-८ बस्ने १९ वर्षीय राजु मन्सुरी, लालबन्दी–७ बस्ने २० वर्षीय राजु राना मगर, १९ वर्षीय विशाल मोक्तान, धादिङको गजुरी नगरपालिका-२ बस्ने २० वर्षीय अजय तामाङ पक्राउ परेका हुन् ।


प्रहरीले फागुन ३ गते बुधबार साँझ ७ बजे वीरगञ्ज महानगरपालिका वडा नं.१६ मा रहेको डाँफे होटलबाट उनीहरुलाई पक्राउ गरेको थियो । प्रहरी चौकी बसपार्कको टोलीले उनीहरुको साथबाट प्रतिबन्धित लागु औषध बरामद गरेको प्रहरीको दावी छ ।

उनीहरुलाई प्लाष्टिकको झोलामा लुकाएर ल्याउँदै गरेको प्रतिबन्धित लागु औषध डाइजेपाम, नुरफिन, फेनारगन ५०/५० एम्पुल गरी जम्मा १५० एम्पुल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।


लागु औषध सहित उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्सामा लागु औषध सम्बन्धि मुद्दा अत्याधिक आउने गरेको छ ।

माघ महिनामा मात्रै कार्यालयमा ३० वटा लागु औषधको मुद्दा दर्ता भएको छ । विदेशी ३ जना पुरुष, ३८ जना नेपाली पुरुष र २ जना महिला पक्राउ परेको प्रहरीको तथ्याङ्क छ ।११.३ किलो गाजा, हिरोईन ५ ग्राम, ८३ एम्पुल डाईजील्याब, नुरफिन ८६ एम्पुल, फेनारगन ८४ एम्पुल, १ हजार ४ सय ३२ पिस नाईट्राभेट ट्याबलेट, अन्य ट्याबलेट २ सय ४० थान र १ सय एमएलको कोरेक्स ४ सय ६२ बोतल बरामद भएको प्रवक्ता प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

काठमाडौं । इन्टरपोलद्वारा आयोजित INTERPOL 100 Global Video Contest for Young Police Leaders प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको छ । मंसिर १२ देखि अष्ट्रियाको भियनामा आयोजना..