विमानस्थलमा यात्रु ठग्ने ९ पसललाई ३ लाखसम्म जरिबाना

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र सञ्चालित ९ वटा पसलहरु कारबाहीमा परेका छन् । यात्रुसँग चर्को मूल्य असुलेपछि ती पसलहरुमाथि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले कारबाही गरेको हो ।


अनुगमनका क्रममा ती पसलहरुले यात्रुसँग एमआरपी भन्दा तीन गुणा बढी मूल्य लिएको पाइएपछि कारबाही गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार कसुरका आधारमा २ देखि ३ तीन लाख रुपैयाँ जरिबाना गरिएको छ । ९ वटा पसललाई कारबाही गरेर १५ लाख रुपैयाँ असुली गरिएको विभागका महानिर्देशक महेश भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..