निर्वाचन खर्च नबुझाउने उम्मेदवारलाई कारबाही नगर्न सर्वाेच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले निर्वाचन आयोगलाई निर्वाचन खर्च नबुझाउने उम्मेदवारलाई कुनै कारबाही नगर्न अन्तरिम आदेश दिएको छ ।काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आयोगविरुद्ध दायरको गरेको रिटमा बिहीबार सर्वाेच्चले तत्काल सबै उम्मेदवारलाई निर्वाचन खर्च नबुझाएको भन्दै कारबाही नगर्न आदेश दिएको हो ।


आदेशमा भनिएको छ, ‘निर्वाचन आयोगको मिति गत भदौ ३१ को जरिवाना तिराउने निर्णयबाट स्थानीय तहका विभिन्न पदमा निर्वाचित तथा उम्मेदवार भएका व्यक्तिहरूको भावी निर्वाचनमा सहभागी हुने योग्यता र निर्वाचन स्वतः बदर हुँदा जननिर्वचित संस्थाहरू एवं प्रकारान्तरले प्रतिनिधित्वमूलक लोकतन्त्रमा समेत पर्न जाने देशव्यापी प्रतिकूल प्रभाव समेतलाई दृष्टिगत गर्दा निवेदनमा उठाएका अन्य विषयवस्तुमा प्रस्तुत रिट निवेदनको अन्तिम निर्णयमा उल्लेखित जरिवाना ६ महिनाभित्र दाखिला गराउने, नबुझाएको अवस्थामा निर्वाचन सम्बन्धी अयोग्यता सिर्जना गर्ने निर्णय नं (२), (४) र (७) मा उल्लेखित कुरा हाल कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भनी सर्वोच्च अदालतबाट आदेश जारी गरिएको छ ।’


समयमै स्थानीय तहको निर्वाचनको खर्च विवरण नबुझाएको भन्दै आयोगले स्थानीय जनप्रतिनिधिलाई स्पष्टीकरण सोधेको थियो । साथै, पछि समयमा निर्वाचन खर्च नबुझाएको भन्दै काठमाडौं महानगरका मेयर बालेनलाई ७ लाख ५० हजार जरिवाना तिर्न भनेको थियो ।यदि ६ महिनाभित्र जरिवाना नबुझाए पदमुक्त गर्ने भन्दै आयोगले ठाडो निर्देशन थियो । र, आयोगको उक्त निर्णयविरुद्ध मेयर बालेन सर्वाेच्चमा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

४ सय ८९ किलो लागुऔषधसहित १ जना पक्राउ

४ सय ८९ किलो लागुऔषधसहित १ जना पक्राउ

पर्सा । पर्सा प्रहरीले ४८९ किलो लागुऔषधसहित पक्राउ परेका एक युवकलाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले कार्यालय परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी..