प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष अ‍ोलीबीच बालुवाटारमा भेटवार्ता,के-के भयो छलफल ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ । दुई नेताबीच वार्ता जारी छ ।

राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै गर्दा यी दुई नेताले भेटघाट बाक्लो बनाएका छन् ।

माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको व्यक्ति ल्याउनुपर्ने बताउँदै आएको छ । एमाले भने पूर्व सहमतिअनुसार आफ्नो पार्टीको उम्मेदवार नै राष्ट्रपति बनाउनुपर्ने अडानमा छ ।

माओवादीले कांग्रेसलाई राष्ट्रपतिमा सघाउने गाइँगुइँ चलिरहेका बेला ओली प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन् । यसअघि प्रचण्ड अ‍ोली निवास बालकोट पुगेरै भेटघाट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

काठमाडौं । राजनीतिक नेतृत्वहरू कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ । ऐन–कानुन संशोधन गरेर बलियो नीति बनाउनुपर्छ भन्नुहुन्छ, तर व्यवहारमा त्यो देखिन्न  निवर्तमान प्रहरी महानिरीक्षक..