एआईजीको लाइनमा रहेका डीआईजी सिंहविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । प्रहरी नायव महानिरीक्षक (डीआईजी) अशोक सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

शैक्षिक प्रमाणपत्र कीर्ते गरेको दाबीसहित काठमाडौंको बागबजार निवासी विश्वप्रकाश भेटवालले डीआइजी सिहंविरुद्ध बुधबार अख्तियारमा उजुरी दर्ता गराएका हुन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिरहेका सिंहले प्रहरी निरीक्षकमा नियुक्ति लिँदा भारतीय कलेजमा पढेको भनिएपनि त्यहाँ पढ्दै नपढी आइएको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाएको दाबी गरिएकाे छ ।

‘हुँदै नभएको योग्यता देखाई, नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रका आधारमा २८ वर्षसम्म जागिर खाएको, नागरिकतामा उमेर समेत सच्याएको’, उजुरीमा उल्लेख गरिएको छ । भारतको लखनउस्थित कलेजमा पढेको भनिएको शैक्षिक प्रमाण पत्र नेपालमा पुनर्जाच पनि नगरिएको भेटवालकाे तर्क छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

काठमाडौं । इन्टरपोलद्वारा आयोजित INTERPOL 100 Global Video Contest for Young Police Leaders प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको छ । मंसिर १२ देखि अष्ट्रियाको भियनामा आयोजना..